हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७२, सोमबार १५:०५

Saudi-Arabiaसाउदी अरब ।  रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।

पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रुपमा कार्यरत थिए । कामबाट फर्केर राति खाना खाएर सुतेका नेपालीको रातको १ बजे मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजय विकेले जानकारी दिए ।

चार महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएका नेपाली दुई महिनाअघि ‘मिडल इस्ट मेनपावर कम्पनी’ मार्फत ‘टिटिसी सप्लाई कम्पनी’ मा कामदारका रुपमा साउदी अरब आएका थिए ।

उनको शव जुबेलस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । नेपालीको मृत्यु भएको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जति सक्दो छिटो स्वदेश पठाउने पहल भइरहेको विकेले बताए। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१