अनि भइन् सन्नी पोर्न स्टार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७२, सोमबार १४:५०

gdferभारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा अहिले उनको ठूलो ‘चार्म’ छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् ।

भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’

किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ रु’ साथीकोप्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो ।

मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ले फोटोसुटका लागि प्रस्ताव गर्‍यो ।

उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन् । त्यसपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशस् स्वीकार्दै गइन् । म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् ।

सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्‍यो । विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन । त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् ।

(नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१