म्याग्दीका पहिरोपीडितलाई ५० लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७२, सोमबार १४:२१

dsasम्याग्दी, ३० कात्तिक । म्याग्दी जिल्लाको बैँसरीका पहिरोपीडितले ५० लाख रुपैयाँ सहयोग पाएका छन् ।

पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो ।

४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको बैँसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिले जनाएको छ । विभिन्न दाताले उपलब्ध गराएको नगद तथा जिन्सी सङ्कलन गरी एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरेको समितिका सचिव मनबहादुर पुर्जाले बताए ।

उनका अनुसार ९क० वर्गका पीडितले प्रतिपरिवार दुई लाख रुपैयाँका दरले नगद सहयोग पाएका छन् । क्षतिको आधारमा ९क०, ९ख०, ९ग०, ९घ० र ९ङ० वर्गमा पीडितलाई विभाजन गरेर राहत वितरण गरिएको हो ।

सचिव पुर्जाका अनुसार थप सात लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री दाताले पहिरोपीडितलाई दामासाहीका दरले उपलब्ध गराएका छन् । नगदबाहेक विभिन्न क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, भाँडा, पाल, जस्तापाता, फर्निचर लगायतका सामग्री सहयोग भएको छ ।

२०७२ साल जेठ १० गते राति राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले राम्चे–९ र भगवती–२ बैँसरीका २७ घर पुरिएको थियो । पहिरोका कारण घरबारविहीन भएकामध्ये हाल १८ परिवार पिप्ले–४ राहुपारेमा अस्थायी टहरा बनाएर बसेका छन् । बाँकी नौ घरपरिवार अन्य ठाउँमा रहेको आफ्नै घर, आफन्तकहाँ र भाडामा बसेका छन् ।

विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको सहयोगले पहिरोपीडित पहिलेकै दैनिकीका फर्कन थालेका छन् । पहिरोको पीडा भुल्नलाई र जीविकोपार्जनका लागि अस्थायी टहरामा केरा व्यापार, चिया, खाजा पसल सञ्चालन गरेको बैँसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले बताए ।
सरकारी निकायबाट पुनर्वासका लागि स्थान छनोट गरी आवश्यक व्यवस्था गर्न ढिलाइ भएको पहिरोपीडितले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया