बिश्वकप खेल्ने देशका उपनामहरु-त्यी के हुन् र कसरि राखिए?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार १४:१८

 बिश्वकप जम्मा ३२ राष्ट्रले खेल्ने गर्छन् र त्यी प्रत्येक राष्ट्रको आफ्नो-आफ्नो नाम रहेको छ। आफ्नो नामको अलावा यी देशहरुको ‘निकनेम’ अर्थात् उपनामहरु पनि रहेका छन्।worldcup

यति भनेपछि त्यी देशका नामहरु के होलान् भनि सबैको मनमा कौतुहलता तथा त्यी उपनामहरु जान्ने रहर जाग्नु स्वभाविक हो। त्यी जिज्ञासा मेटाउनको लागि यो सामग्री तयार गरिएको हो।यस सामग्रीले तपाईलाई सहभागी ३२ देश तथा तिनका उपनामहरुको बारेमा जानकारी गराउने छ।

१. ब्राजिल :भर्दी-अमारेला(हरियो-पहेलो),कानारिन्हो(लिटल कनरी)
‘भर्दी-अमारेला’ तथा ‘कानारिन्हो’ मुख्यत पहेलो र हरियो रङ्ग हो भन्ने हुन्छ जुन ब्राजिलको खेल सामग्री तथा राष्ट्रिय झन्डामा प्रयोग हुने गर्छ।त्यसका अलावा “सेलेक्को” (छनोट भन्ने अर्थ राख्छ) तथा “पेन्टाच्यम्पिओस”(पाँच पटकको बिजेता) ब्राजिलको उपनामहरु हुन्।

२.क्रोसिया
क्रोसियाको उपनाम हो “भ्याटरेनी”। जसको अर्थ आगो जस्तो भन्ने हुन्छ।

३.क्यामरुन(लेस लायोन्स इन्डोमटेबल्स)
“लेस लायोन्स इन्डोमटेबल्स” को अर्थ हुन्छ “कहिले नझुक्ने सिंह”।

४.मेक्सिको ( एल ट्रीकलर)
मेक्सिकोको राष्ट्रिय झन्डामा हरियो,सेतो र रातो रङ्ग रहेको छ। त्यी तिन रङ्ग भएको कारणले मेक्सिकोलाई “एल ट्रीकलर” पनि भनिन्छ।

५. स्पेन (ला फ्युरिया रोजा )
“ला फ्युरिया रोजा” को अर्थ हुन्छ “रातो जोश वा क्रोध”। सन् १९२० को ओलम्पिकमा स्पेनले “फ्युरिया” भन्ने उपनाम पाएको थियो।सन् २००० पछि स्पेनीहरु आफ्नो देशको गौरबको लागि “फ्युरिया” लाई परिमार्जन गरि ला “फ्युरिया रोजा” बनाएका थिए।

६. नेदरल्यांड्स(ओरेन्ज)
नेदरल्यांड्सको टिमलाई “ओरेन्ज” को उपनामले चिनिन्छ। जुन नेदरल्यांड्सको राष्ट्रिय रङ्ग पनि हो।

७. चिली(ला रोजा)
चिलीको उपनाम हो “ला रोजा”।जसको अर्थ “एक रातो” भन्ने हुन्छ।

८. अस्ट्रेलिया( द सोसेरर्स )
अस्ट्रेलियाको उपनाम हो “द सोसेरर्स” जुन “सोसेरर” को परिमार्जित रुप हो। “सोसेरर” अर्थ खुट्टाले खेलिने एक किसिमको खेल भन्ने बुझिन्छ।

. कोलम्बिया: लस क्याफेटेरोस( द कफी ग्रोअर्स)
कोलम्बियाको इतिहासमा कफी सबैभन्दा बढी निर्यात हुने बस्तुमा पर्दछ। त्यसैले कोलम्बियालाई “द कफी ग्रोअर्स” कफी उत्पादकहरु भनिन्छ।
१०.ग्रिस: एथ्निकी( द नेशनल),ग्यालानोलेफ्की( आकाशी निलो सेतो),पाईराटीको( पाईराईट सिप)
“एथ्निकी” को अर्थ राष्ट्रिय तथा “ग्यालानोलेफ्की” अर्थ आकाशी निलो र सेतो रङ्ग भन्ने हुन्छ जुन ग्रिसको राष्ट्रिय झन्डाको रङ्गहरु हुन्।

११. आइभरी कोस्ट : लेस एलिफेन्ट्स ( द एलिफेन्ट्स)
आइभरी कोस्टको राष्ट्रिय इतिहासको आइभरी ट्रेडले राष्ट्रिय टिमलाई “लेस एलिफेन्ट्स” अर्थात् हात्तीहरु भन्ने उपनाम दिएको हो।

१२. जापान : सामुराई ब्लु
“सामुराई ब्लु” नाम जापानी खेलाडीले आफ्नो खेल सामग्रीमा प्रयोग गर्ने रङ्गको आधारमा राखिएको हो।

१३. उरुग्वे: ला केलेस्ती( द ईस्काई ब्लु)
सन् १९१० मा नाउ -देफुन्च्त रिवर प्लेट एफ सी ले अर्जेन्टिना अल्मुनी नामक क्लब पहिलो पटक जित्द्दा लगाएको निलो रङ्गको लुगालाई नै आफ्नो बनायो र उक्त निलो लुगालाई नै “ला केलेस्ती” भनिने भएकाले उरुग्वेको उपनाम “ला केलेस्ती” रहन गएको हो।

१४: कोस्टारिका: लोस टीकोस
“लोस टीकोस” एक स्पेनी शब्द हो जसको अर्थ कोस्टारिकाका मूलवासी भन्ने हुन्छ।

१५. इंगल्याण्ड: द थ्री लाईन्स
इंगल्याण्ड फुटबल टिमको उपनाम “द थ्री लाईन्स” हो। जुन इंगल्याण्डको राष्ट्रिय आर्मीसँग सबन्धित छ।

१६. इटाली: गिल अजुरी( द ब्लुस)
इटालीको उपनाम “गिल अजुरी” हो। जुन इटालीलाई सन् १८६१ मा एकीकृत गर्ने राजकीय परिवारसँग सम्बन्धित छ।

१७.स्विजरल्याण्ड: रोसोक्रोसीयाटि(“रेड क्रसेस” इन इटालियन )
स्विजरल्याण्डको उपनाम “रोसोक्रोसीयाटि” हो जसको अर्थ रातो धर्काहरु भन्ने हुन्छ।

१८.ईक्वाडर: ला ट्रीकलर
मेक्सिकोको जस्तै उसको उपनाम “ला ट्रीकलर” झन्डाको रङ्गबाट लिएको हो।पहेलो,रातो तथा रातो यस देशले प्रयोग गर्ने रङ्गहरु हुन्।

१९. फ्रान्स : लेस ब्लुस ( द ब्लुस)
फ्रान्सको उपनाम “लेस ब्लुस” उसले प्रयोग गर्ने खेल सामग्रीको आधारमा लिईएको हो।

२०.होंडुरस:ला एच( द “एच”)
होंडुरसको अंग्रेजी नाम “एच” बाट सुरु हुने तथा उसले आफ्नो जर्सीमा ठुलो “एच” भएकाले उसको उपनाम “ला एच” रहन गएको हो।

२१. अर्जेन्टिना: ला अल्बीसेलेस्टी( द ह्वाईट एण्ड स्काई ब्लु)
अर्जेन्टिनाको उपनाम “ला अल्बीसेलेस्टी” हो जसको अर्थ सेतो र आकासे निलो भन्ने हुन्छ।जुन उसको झन्डाको रंगअनुसार राखिएको हो।

२२.बोस्निया:माजेवी(ड्रयागन्स)
बोस्नियाको उपनाम “माजेवी” हो।बोस्नियाको खेल टिमलाई उच्च दर्जा दिनको लागि ड्रयागन्सको नाम दिईएको हो।

२३.नाइजेरिया: द सुपर एगल्स
सुरुमा यो देशलाई “ग्रिन एगल्स” भानिथ्यो तर जर्सीको हरियो रंग तथा राष्ट्रिय आर्मी कोटमा चिल भएकाले यसलाई अहिले “द सुपर एगल्स” को नामले चिनिन्छ।

२४.इरान: टिम मल्लि
इरानको उपनाम “टिम मल्लि” हो जसको अर्थ राष्ट्रिय टोलि भन्ने हुन्छ।

२५.जर्मनी: डिए नेसनलम्यान्सच्याफ्त
जर्मनीको उपनाम हो “डिए नेसनलम्यान्सच्याफ्त”। जुन नाम अन्तराष्ट्रिय मिडियाले बढी प्रयोग गर्ने गर्छन।

२६.पोर्चुगल: ए सेलेको दस क़ुइनस
पोर्चुगलको उपनाम हो “ए सेलेको दस क़ुइनस” हो।जसको अर्थ हुन्छ पन्च रक्षा जुन पुर्चुगिज आर्म कोटसँग सम्बधित रहेको छ।

२७.घाना: ब्ल्याक स्टार
घानाको उपनाम हो “ब्ल्याक स्टार” हो।जुन सन् १९६० तिर घानाको बर्चस्व रहेको थियो।त्यति बेला देखि उसलाई “ब्ल्याक स्टार” भन्न थालिएको हो।

२८.संयुक्त राज्य अमेरिका : द याँक्स,द स्टार एण्ड स्ट्रईप्स
संयुक्त राज्य अमेरिकाको उपनाम “द याँक्स” हो।

२९.बेल्जियम:रोड़े देउबिल्स
बेल्जियमको उपनाम हो “रोड़े देउबिल्स”जसको उसको जर्सीको रातो रंगसँग सम्बन्धित छ।

३०.रसिया:बोर्नाया
“बोर्नाया” रसियाको उपनाम हो। जसले राष्ट्रिय टिम भन्ने अर्थ राख्छ।

३१.अल्जेरिया: लेस फेन्नेक्स
अल्जेरियाको फुटबल टिमको उपनाम “लेस फेन्नेक्स” हो।जुन राष्ट्रिय फेनेक्स ब्वाँसोसँग सबन्धित छ।

३२.दक्षिण कोरिया: एसियन टाईगर
दक्षिण कोरियालाई “एसियन टाईगर” जुन उसको देशको ऐतिहासिक तथा संस्कृतिक जनावरसँग सबन्धित छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१