दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमणपछि के हुदैंछ फ्रान्समा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०८:०१
शोकाकुल जनता

पेरिस : पेरिस आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म १२८ पुगेको छ । घटनामा घाइते भएका करिब ३०० जना यहाँका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको यहाँको अस्पताल स्रोतबाट जानकारी आएको जनाइएको छ ।

उपचाररतमध्ये ८० जना गम्भीर अवस्थामा रहेको यहाँको सरकारले जानकारी दिएको छ । उपचारका लागि भर्ना भएका ५३ जनाले उपचारपछि घर फर्किसकेका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, पेरिस आक्रमणमा कम्तीमा तीन जना विदेशी नागरिकको मृत्यु भएको जनाइएको छ । बेल्जियमका विदेश मन्त्री डिडाएर रेइन्डरसका अनुसार शुक्रबार राति भएको विभत्स आक्रमणमा दुई बेल्जियम नागरिकको मृत्यु भएको छ ।

त्यसैगरी एक ७३ वर्षीय पोर्चुगाली नागरिक पनि पेरिसमा भएको आक्रमणमा मारिएको फ्रान्सका सुरक्षा अधिकारीले बताएका छन् । हमलाकारीहरुले शुक्रबार राति राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्दाधुन्ध गोली प्रहार गरेका थिए । साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ ।

_86684875_bataclan_and_petit_cambodge_624_v4
जहाँ भयो आक्रमण

फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए ।  सात स्थानमा एकै पटक यी हमलाहरु भएका बताइएको छ । ती मध्येको एक शक्तिशाली हमला बाटाक्लान क्षेत्रमा रहेको एक नाट्यशालामा भएको थियो ।  सो नाटकघरमा एक अमेरिकी ब्याण्डले गीत संगीत प्रस्तुत गरिरहेको थियो । त्यस क्रममा आतंककारी हमला भएको थियो ।

Parents post desperate appeals for the missing after 127 die in series of cowardly ISIS bomb and gun attacks across Paris in what French President describes as an 'act of war'1

सो कार्यक्रमस्थलमा मात्र करिब १०० जना मारिएका थिए । त्यहाँ आतङ्ककारीहरुले बन्दुकले अन्दाधुन्ध गोली चलाएका थिए ।  सयौँ व्यक्ति खचाखच रहेको हलमा कार्यक्रम हेरिरहेको बेला सो हमला भएको बताइएको छ । त्यस नजिकैको राष्ट्रिय रंगशाला, स्टेट डि फ्रान्समा भएको थियो । सो रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको थियो ।  सो फुटबल खेल रातिको करिब ९ बजेतिर भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड पनि उपस्थित थिए।

Windows at the Cambodian restaurant Le Petit Cambodge are peppered with bullet holes after being targeted by ISIS fanatics

राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतंक मच्चिएको थियो । उहाँलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो ।  आक्रमणपछि सो रंगशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो । सो रंगशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ ।

सङ्कटकालको घोषणा, फ्रान्सका सबैतिरका सीमानाका बन्द

Parents post desperate appeals for the missing after 127 die in series of cowardly ISIS bomb and gun attacks across Paris in what French President describes as an 'act of war'
शोकाकुल जनताहरु ।

यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गरिएको छ । उनले राष्ट्रिय रुपमा संकटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गरे । उनले अकल्पनीय यस दुर्घटनाका विरुद्धमा सबै जनालाई धैर्यताका साथ बस्न आग्रह गरे साथै सरकारले समग्र पेरिसबासीलाई घर बाहिर ननिस्किन र घरभित्रै बस्न आग्रह पनि गरेको छ ।

प्रहरीले आक्रमणकारीहरुमध्ये कम्तीमा पनि छ जना कारबाहीका क्रममा मारिएको जनाएका छन् । पेरिसमा सेना परिचालन गरिएको छ । सेना र प्रहरीले संयुक्त रुपमा आतङ्ककारीको खोजीलाई सशक्त बनाएको बताएका छन् । उनीहरुकाअनुसार आक्रमणकारी भागेर कतै जान नपाउन भनेर सबैतिर सीमानाकाहरु बन्द गरिएका छन् ।

विश्वले निन्दा गर्यो
उक्त आक्रमणको विश्वले नै निन्दा गरेको छ । विश्वका नेताहरुले यस अवस्थामा फ्रान्सलाई परेको दुःखमा साथ दिन जस्तोसुकै सहयोगको आवश्यक परेपनि पछि नपर्ने जनाएका छन् । उनीहरुले फ्रान्समा भइरहेको पटक पटकको आतङ्कवादी हमला पेरिसमा मात्र केन्द्रित नभएर विश्वमा नै फैलिनसक्ने भन्दै यसका विरुद्ध एक भएर लड्ने पनि बताएका छन् । संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलिया लगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना पनि गरेका छन् ।

आइएसले युद्धको घोषणा गरेको छ : ओलाण्ड

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले प्यारिसमा कम्तिमा १२७ जनाको ज्यान जाने गरी भएका हमलाहरुलाई ‘इस्लामिक स्टेट आतंकवादीहरुले घोषणा गरेका युद्ध’ भनेका छन्।

आइएसले लियो हमलाको जिम्मेवारी

A victim's body lies covered on Boulevard des Filles du Calvaire, close to the Bataclan theatre
आक्रमणमा मारिएका सर्वसाधरण ।

उग्रवादी समूह इस्लामिक स्टेटले एउटा वक्तव्य जारी गर्दै, प्यारिसमा १२७ जनाको ज्यान जाने गरी भएको हमलाको जिम्मेवारी दावी गरेको छ। फ्रान्सका राष्ट्रपति ओलाण्डले उक्त हिंसात्मक घटनालाई आइएसले गरेको युद्धको संज्ञा दिएका छन्।

त्यसका लागि उक्त समूहलाई फ्रान्स भित्रैका तत्वहरुको सहयोग रहेको राष्ट्रपतिको भनाई थियो। उनले देशमा सुरक्षा सतर्कताको अवस्थालाई उच्चतम खतराको स्तरमा पुर्याउंदै देशव्यापी संकटकालको घोषणा गरेका छन्।

आक्रमणपछि फ्रान्सका राष्ट्रपतिको विश्वका नेतासँग फोनवार्ता

President Francois Hollande speaks to French Prime minister Manuel Valls while leaving the Elysee Palace in Paris after a security meeting
राष्ट्रपति फ्रांस्वा ओलाण्ड सुरक्षा समितिको बैठकपछि ।

पेरिसमा भएको आक्रमणपछि फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले विश्व प्रसिद्ध नेताहरुसँग छुटटा छुटटै फोन वार्ता गरेका छन् र कुराकानीमा विश्वनेताहरुले आतंकवादसँग लड्न ऐक्यवद्धता जनाएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बताएको छ ।

राष्ट्रपति फ्रान्स्वाँ अलान्दले जर्मन चान्सलर एन्जेला मर्केलसँग भएको कुराकानीमा उनले जर्मनी आतंकवादसँग मुकावला गर्न विश्वका सवैमुलुकसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।  यसैगरी अलान्दले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान, इटालियन तथा स्पेनी प्रधानमन्त्री मेट्टेओ रेन्जी, मारिअन्नो रजोइ र मोरक्कन सम्राट मोहम्मद छैठौंसँग पनि कुराकानी गरेकाे राष्ट्रपति अलान्दको कार्यालयले जनाएको छ ।nayapage.com बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१