राजेश हमालको गालामा चोट ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार १४:१५

अष्ट्रेलियामा आफ्नो पचासौं जन्मदिन मनाउने साइत जुरेका महानायक राजेश हमाल विगत केही दिन अष्ट्रेलियाका विभिन्न कार्यक्रममा व्यस्त भए । गत जेठ २६ गते ५० वर्षमा प्रवेश गरेका अभिनेता हमालकै जन्मदिनलाई लक्षित गरेर अष्ट्रेलियामा ‘गोल्डेन जुब्ली अफ् राजेश हमाल’ को आयोजना गरेको थियो ।

आफ्नो एक फ्यानसँग हमाल

चलचित्र ‘युगदेखि युग सम्म’ बाट अभिनय यात्रा प्रारम्भ गरेका हमालको अभिनय यात्रा ले २५ वर्ष पार गरिसकेको छ । उनको पछिल्लो चलचित्र ‘मुखौटा’ हो जुन यही साता प्रदर्शनमा समेत आउँदैछ । तर यहाँ उठाउन खोजिएको विषय महानायकको गालाको चोट हो , जुन कसरी लाग्न पुग्यो भनेर फिल्मी बजारमा चर्चा चलिरहेको छ। भर्खरै विवाह गरेका उनको गालामा यो चोट कसरी लाग्यो , लौन ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१