फेसबुकका सामग्री हटाउने देशमा भारत संसारकै पहिलो नम्बरमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०७:५१

sdsनयाँ दिल्ली । फेसबुकमा प्रकाशित हुने सामग्रीले स्थानीय कानुन अर्थात् सरकारको विरोध गरेको भन्दै हटाउन अनुरोध गर्नेमा भारत पहिलो देश बनेको छ ।

फेसबुकका अनुसार, यो वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा भारत पहिलो नम्बरमा छ भने टर्की त्यसपछि रहेको छ ।

भारत सरकारका तर्फबाट यो अवधिमा १५, १५५ पोष्टहरु हटाइएको फेसबुकले जनाएको छ । यो संख्या गत वर्ष भन्दा तीन गुण बढी हो । टर्कीमा भने गत वर्षको ३६२४ पोष्टको तुलनामा यस वर्ष ४४९६ पोष्ट ब्लक गरिए ।

पूर्व जासुसी एजेन्सी कन्टे«क्टर एडवर्ड स्नोडनâारा सर्भिलेन्स कार्यक्रमको खुलासा गरेपछि भारत सरकारले टेलिफोन र वेभ कम्पनीहरुसँग डाटा माग्ने र हटाउने कुरा विवादित हुँदै आएको छ ।

फेसबुकको अर्ध वार्षिक रिपोर्टमा बताइए अनुसार, २०१४ जुनपछि भारत सरकारले अकाउण्ट डाटाका लागि ३५०५१ अनुरोध फेसबुकलाई पठाएको थियो । जबकि यसवर्ष यो संख्या १८ प्रतिशत बढेर ४१२१४ पुगेको छ ।

फेसबुकले स्थानीय कानुनको उल्लंघन हुने यस वर्ष पहिलो ६ महिनामा २०५६८ वटा पोष्ट हटाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१