भूकम्पपछि साढे ११ सय पर्यटक मात्रै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०४:५४

सव‘गोरखा भूकम्प’पछि पर्यटकको आगमनमा कमी आएको छ । गत साउनदेखि हालसम्म रसुवा भित्रने पर्यटकको सङ्ख्या एक हजार १५६ मात्र पुगेको छ । ती पर्यटकले बढी मात्रामा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भ्रमण गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुन्जले जनाएको छ ।

गत वर्ष यस अवधिमा सातरआठ हजार पर्यटकको आगमन हुने गरेको थियो । यस वर्ष भूकम्पका कारण लाङटाङ क्षेत्रमा लामो समयमसम्म बाटो अवरोध तथा खान बस्नको अभाव भएका कारण पर्यटकको आगमन सङ्ख्या कम भएको निकुञ्चले जनाएको छ ।

लाङटाङ क्षेत्रमा जाने पैदल मार्ग भर्खर निर्माण भई यातायातको व्यवस्थापन हुन थालेकाले दोस्रो याममा पर्यटकको आगमनमा उल्लेखनीय मात्रामा वृद्धि हुने अपेक्षा निकुञ्ज कार्यालयको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१