विश्वकै महँगी मोडल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०४:४८

एजेन्सी
पेरिस, भदौ ३ । मोडलिङमा जम्ने रहर कसलाई हुँदैन र ? तर सबैले सफलता पाउन सक्दैनन् । मोडलिङको संसारमा लाग्नेहरुका लागि कौतुहलताको विषय हुन सक्छ, विश्वमा मोडलिङबाट धेरै पैसा कमाउने मोडल को होला ? विश्व प्रख्यात फोर्ब्स पत्रिकाले यस्तो कौतुहलता मेटाइदिएको छ ।

उक्त पत्रिकाका अनुसार ब्राजिलियन मोडल जिसेले बन्डचेन विश्वकै सर्वाधिक आम्दानी गर्ने मोडल हुन् । उनले आफूलाई सर्वाधिक महँगी मोडलको सूचीमा लगातार आठौं पटक राख्न सफल भएकी छन् । ३४ वर्षीय यी ब्राजिलियन सुन्दरीले सन् २०१३÷०१४ मा ४७ मिलियन अमेरिकी डलर आर्जन गरेकी छन् । दुई सन्तानकी आमा उनी संयुक्त राष्ट्रसंघीय वातावरण सम्बन्धी कार्यक्रमकी सद्भावना दूत समेत हुन् ।
सन् १९९० देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन थालेकी उनी सन् २०००–२००७ सम्म ‘भिक्टोरिया सेक्रेट एन्जल्स’ को एक सदस्य थिइन् । उनले अभिनयमा समेत आफ्नो कला देखाइसकेकी छन् । हाल उनले समाज सेवाका विभिन्न विधामा समेत आफूलाई आवद्ध गराएकी छन् ।
त्यसैगरी उक्त सूचीको दोस्रो नम्बरमा डोत्जेन क्रोइस र एन्ड्रिमा लिमा संयुक्त रुपमा रहन सफल भएका छन् । यी दुबैको वार्षिक आम्दानी ८ मिलियन अमेरिकी डलर रहेको छ ।
तेस्रो नम्बरमा निकै कडा प्रतिश्पर्धाबीच चार जना संयुक्त रुपमा रहेका छन् । केट मोस, केट अपटन, मन्दिरा केर र लियु वेन वार्षिक ७ मिलियन डलर आम्दानीका साथ तेस्रो नम्बरमा रहन सफल भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१