केटको टपलेस पोस्टरले न्यूर्योकमा जाम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०४:४५

दसदसुपर मोडल केट मोस हालैका दिनहरुमा अमेरिकाको व्यापारिक केन्द्र मानिने न्यूर्योक सडक जाम गर्ने कारण बनिरहेकी छिन् । ३९ वर्षीया इंग्लिश मोडल केटको टपलेस पोस्टरले न्यूर्योक क्षेत्र भएर गुड्ने गाडीको गति कम गरिदिएको जनाइएको छ । समाचार एजेन्सी ‘द सन’ का अनुसार उक्त पोस्टरमा केट टपलेस छिन् भने उनले कालो कालो जुत्ता र कालो अन्र्तवस्त्र पहिरिएकी छिन् । केटको उक्त भड्किलो पोस्टरका कारण सो बाटो भएर गुड्ने गाडीका चालकको नजर पोस्टरमा अडिन पुग्छ, जसले गर्दा यातायातमा व्यवधान खडा भईरहेको जनाइएको छ । केटको उक्त पोस्टर न्यूर्योकको एक भवनमाथि राखिएको छ । उक्त पोस्टर ‘ब्ल्याक एण्ड ब्वाईट’ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१