टाउके कछुवाको भविष्यवाणी: ब्राजिलले क्रोएसियालाई जित्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार १४:०८

अघिल्लो विश्वकपमा पल नाम दिइएको अक्टोपस(एक प्रकारको माछाको प्रजाती)ले गरेको विश्वकपको नतिजासम्वन्धि सबै भविष्यवाणी सत्य सावित भयो । जसका कारण अक्टोपसले नै विश्वकपको नायकको हैसियत प्राप्त गरेको थियो र यो विश्वकपमा पनि अर्को एउटा कछुवाले विश्वकपको भविष्यवाणी गरिसकेको छ । यस पटक साल्भाडोरको घनटाउके पानी कछुवाले विश्वकपमा क्रोएसयालाई ब्राजिलले दुई एकले हराउने भविष्यवाणी गरिसकेको छ ।bigheadturtle

गत २०१० को विश्वकप फुटबलमा जर्मनीको पल अक्टोपसले विश्वकमा गरेको सबै भविष्यवाणी सही भएका थिए र यो साल पनि यो यो २५ वर्षिय भाले घनटाउके कछुवाको भविष्यवाणी के होला त भनेर सारा विश्वका दर्शकहरु चनाखो भएर पर्खिरहेका छन् ।

विश्वकप फुटबल नै संसारको यस्तो प्रतियोगिता हो जुन विश्वका आधा जनशंख्याले हेर्ने गर्दछन् ।

घनटाउके कछुवा साल्भाडोरको प्राइया डो फोर्टे स्याङचुअरीमा रहेको छ । यो कछुवालाई हिजो ब्राजिलियन झण्डा र क्रोयसियन झण्डामा झुण्डाइएको माछा दिइएको थियो । आखिर कछुवाले ब्राजिलकै माछा रोज्यो ।

यो देखेर साल्भाडोरका केही स्थानियहरु खुशी भए र ताली बजाए । हामी पनि हेरौँ कछुवाको करामत ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१