लौ भेटियो महापृथ्वी !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार १४:०२

लण्डन- खगोलशास्त्रीहरुले ब्रह्मान्डमा अहिलेसम्म खोजिएका ग्रहहरु मध्ये सबैभन्दा ठुलो ग्रह पत्ता लगाएका छन् । भर्खरै पत्ता लगाइएको ग्रहको वजन पृथ्वीभन्दा १७ गुणा बढी र आकारमा दुई गुणा ठुलो छ । यस्को आकार प्रकार र ढुंगेरुप अनुसार यस्को नाम ‘गोडजिला अफ वर्ल्ड’ राखेका छन् । तर यस्को बैज्ञानीक नाम चैं केपलर९१० राखिएको छ । यसलाई बैज्ञानिकहरु ले अर्को र्पथ्वी समेत भनेका छन् । यसलाई महापृथ्वी समेत बताउन सकिने बैज्ञानिकहरुको मत छ ।

यस्ले सूर्यजस्तो अर्को तारालाई ४५ दिनमा एक फन्को लगाउँछ । ताराम०डलहरु मध्ये यसको दूरी पृथ्वीबाट ५६० प्रकाशबर्ष छ । अहिलेसम्मको मान्यता अनुसार यस्तो किसिमको ग्रह नै छैन भन्ने थियो । यो ग्रह पूर्णरुपले ठोस छ । हार्वर्ड९स्मिथसोनियन सेंटर फर एस्ट्रोफिजिक्सका खगोलविद् जेवियर दमस्क्युले भनेका छन् – ‘जब हामीले यस्लाई फेला पार्‍यौं, आश्चर्यको सिमा नै रहेन ।’ उन्ले यस्लाई ‘गोडजिला अफ वर्ल्ड’को संज्ञा दिए । यो ग्रहको पत्ता सबैभन्दा पहिला नासाको केपलर स्पेसक्राफ्टले लगाएको थियो ।

यो ग्रहको उमेर ‘बिगब्याँङ’ पछीको तीन अर्ब वर्ष हुनसक्ने अनुमान गरिएको छ । डेलीमेलबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१