तिहारको अन्तिम दिन आज भाइटिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ कार्तिक २०७२, शुक्रबार ०७:०६

सासकाठमाडौँ ,२७ कातिक।  हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् । भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजा गर्नुका साथै त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ ।

साथै सप्तरंगी टिकासँगै आङ्खना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छे अनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।

दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौंको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् । यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

भाइटीका लगाउन आज बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया