लक्ष्मीपूजा र नाकावन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७२, बुधबार १६:४७

12118977_957165467676616_5546243571613013031_nप्रकाश अधिकारी।  आज हामी आफनो घर ,कार्यालय र व्यवसायिक केन्द्रमा धन धान्यकी देवीका रुपमा माता लक्ष्मीको पूजा गर्दैछौं । तर आज हामीसंग वर्षैाको छिमेकी र हामीसंग रोटी र वेटीको सम्वन्ध भएको भनिएको छिमेकीले हामो आन्तरिक मामिलालाई कारण देखाउदै नाकावन्दी गरी आफनो वलियोपनको आभाष दिलाउदै छ । हामीसंग भएको अपार जलसोत , खनिज , जंगल तथा उर्वरभूमिलाई नाकाम वनाई नून देखि सुन सम्म छिमेकीको आस गर्ने वानी परेका हामीलाई सकस हुनु स्वभाविक भएको छ । हामी आफनो देशमा भएको माललाई चाल नपाएर अन्यन्त्र भौतारिरहेका छौं । अलि अलि वचेखुचेका कलकारखानालाई कवाडीको मूल्यमा विक्री गरेर देशलाई वरोजगार उत्पादन केन्द्र वनाएर हामीसंग भएका साहासी युवालाई अरवको खाडीमा र मरुभुमिलाई उर्वर वनाउन पठायौं । र हाम्रा उर्वर पाखाहरुलाई मरुभुमिकरण गरेर नियुक्ति देखि छात्रवृति सम्मको लागि छिमेकीको आर्सिवाद थाप्न तयार भयाौं । हरेक राजनैतिक परिर्वतनको लागि आर्शिवाद मागी रहयौं । छिमेकीलाई उसको अनुमतिविना यहां रुखका पात पनि हल्लिन हुन्न भन्ने वनाउने अरु कोही नभएर हामीले हाम्रो नेता भनेर मानेका नेतृत्वनै हो त्यसैले यसको घुमाउरो कारक हामीनै हौं । मान्छेलाई भगवान भनेर आकासमा पुरयाउने र त्यही मान्छेलाई कालान्तरमा राक्षस भनेर परिभाषित गराउने पनि हामी र हामीले वनाएको यही समाज हो । घरलाई समृद्ध पारेपछि मात्र त्यो घरमा अधिकार खोज्नुको साटो आपसी भातृत्वमा विभेदरुपी विउ रोपेर मेरो र तेरोको भाग लगाउदै आपसमा लडयौं । यहि लडाईलाई कारक मान्दै छिमेकीले उचाल्ने र पछार्ने कामको अवसर दिइरहयौं । हामी मात्र निमित्त नायक वन्दै गयौं । छिमेकीलाई अलिकति मननपरेपछि हामीलाई नाकावन्दी लगायो । त्यस्ौले घरको आन्तरिक मामिला सुधार्ननसक्ने हामी पनि असक्षम नै हौं त्यसैले छिमेकीलाई यसो त्यसो भन्नुको साटो आफनो आन्तरिक मामिलालाई देश र झण्डालाई शिरमा राखेर समाधान गर्न म्ँँत्ँँ लक्ष्मीले सवैलाई सदवुद्धि दिउन र देशका अपार साधनलाई भरपुर उपयोग गरि आत्मनिर्भर मुलुक वनाउन हामी सवैको ध्यान पुगोस यही शुभाकमना ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१