‘नेपाली क्रिकेटरले २० करोड पाकिस्तानीको मन जिते’- पाकिस्तानका पुर्वकप्तान रमिज राजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७२, बुधबार १४:३२

Rameez-Rajaकाठमाडौं। पाकिस्तानी क्रिकटेर नेपाली सिनियर टोलीको प्रशंसा गरेका छन् । आइतबार पाकिस्तानसँग मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा १२१ रनले पराजित भए पनि नेपाली क्रिकेटरले मन जितेका थिए । नेपालले पहिलोपटक टेस्ट मान्यता तथा पूर्वविश्व च्याम्पियन पाकिस्तानविरुद्ध ब्याटिङ र बलिङमा स्तरीय प्रदर्शन गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले जुराएको मैत्रीपूर्ण खेलमा पाकिस्तानले नेपालविरुद्ध सिनियर खेलाडीलाई उतारेको थियो । अबुधावी मैदानमा पाकिस्तानले इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टमा उतारेको खेलाडीलाई प्रतिस्पर्धा गराइएको थियो । विश्व क्रिकेटकै चर्चित हस्ती युनिस खान, सोयब मलिक, सफराज अहमद, मोहमद हफिज, अजहर अली, वाहब रियाज र यासिर खानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

पाकिस्तानी टोलीका पूर्वकप्तान रमिज राजाले दुवै पक्षका समर्थकले खेललाई हार र जितका रूपमा नलिएको बताएका छन् । ‘नेपाल र पाकिस्तानका समर्थकले खेललाई उत्साहका रूपमा लिएका थिए, उनीहरूले एक–आपसमा खुसी मनाइरहेका थिए,’ रमिजले भने, ‘दुवै टोलीलाई बधाई छ ।’ राजाले आफ्नो ट्विटरमा भनेका छन्, ‘नेपालले खेल १२१ रनले गुमायो, तर उसले हाम्रो मन जित्न सफल भयो ।’

राजाले २० करोड पाकिस्तानको मन नेपाली खेलाडीले जितेको बताएका छन् । ‘यो मैत्रीपूर्ण खेलले हामी २० करोड पाकिस्तानीको मन जितेको छ, नेपाली खेलाडीको बहादुर प्रदर्शनको सलाम गर्छु,’ उनले भने । विश्वकै तीव्र गतिका बलर सोयब अख्तरले नेपाली खेलाडीबाट उत्कृष्ट प्रदर्शन हुने विश्वास नगरेको जनाएका छन् ।

अख्तरले पनि ट्विटरमा पोस्ट गरेका छन्, ‘मैले नेपाली क्रिकेटरबाट पनि यस्तो प्रदर्शन हुन्छ विश्वास गरेको थिइनँ,’ अख्तरले भने, ‘मलाई आशा छ, नेपाली खेलाडी योभन्दा राम्रो प्रदर्शन गर्न सक्छन् ।’ नेपाली क्रिकेटरले एक्स्पोजर पाउँदा धेरै प्रगति गर्न सक्ने उनले बताए, ‘नेपालले यस किसिमको एक्सपोजर पाउँदा क्रिकेटमा धेरै प्रगति गर्न सक्छ ।’

यता, पाकिस्तानी क्रिकेट टोलीका एकदिवसीय कप्तान मिस्वाह उलहकले पनि नेपाली टोलीको तारिफ गरेका छन् । मिस्वाहले अर्को वर्ष हुने टी–२० विश्वकपअघि नेपालसँग अभ्यास खेल खेल्नुपर्ने सुझाब दिएका छन् । ‘नेपालले राम्रो खेल्यो, अब अर्को वर्ष हुने टी–२० विश्वकपअघि नेपालसँग अभ्यास खेल खेल्नुपर्छ,’ मिस्वाहले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१