आज लक्ष्मीपूजा, लक्ष्मीलाई खुशी पार्न कहाँ कसरि बाल्ने दिप जान्नुहोस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७२, बुधबार १४:२०

aaaaaawकाठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहारको आज तेस्रो दिन अर्थात् लक्ष्मीपूजा । कार्तिक कृष्ण अमावस्याका दिन लक्ष्मीको पूजा गरी घरभरि दियो बाली मनाइने चलन रहेको छ ।

घरआँगन तथा घर वरिपरि सफासुग्घर गरी साँझमा दियो तथा झिलिमिली बत्ति बालेर लक्ष्मी पूजा गर्ने गरिन्छ ।

भनिन्छ, तिहार धनकी देवी लक्ष्मीलाई मनाउने सबैभन्दा राम्रो समय हो । आजको दिन धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्ने विश्वास छ ।

त्यसैले, देवीलाई प्रसन्न राख्न आजको दिन पूजाआजा गरिनुका साथै घरमा दीपावली पनि गरिन्छ ।

आजको दिन घरका यी स्थानमा दीप बाल्नाले लक्ष्मी खुसी हुने विश्वास छ स्

(घरको आँगनमा दीप बाल्नुहोस् । यो दीपलाई विशेष ध्यान दिनुहोस् । आँगनमा बालेको दीप रातभर निभ्नुहुँदैन ।

(घरनजिकैको चौरमा लगेर पनि दीप बाल्नुपर्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ । यसो गर्नाले पैसासँग जोडिएका समस्या समाधान हुने विश्वास गरिन्छ ।

(लक्ष्मीपूजाको दिन घरनजिकैको मन्दिरमा पनि दीप बाल्दा राम्रो हुने विश्वास लिइन्छ ।

(घरमा जहाँ लक्ष्मीपूजा गर्नुहुन्छ, त्यहाँ पनि बत्ती बाल्नुहोस् । यो दीपलाई यस्तो व्यवस्था गर्नुहोस् कि यो रातभर ननिभोस् ।

(पैसासँग जोडिएका समस्या अन्त्य होस् भन्ने चाहनुहुन्छ भने आज घरको मूलढोकामा दुईवटा दियो बाल्नुहोस् ।

(मूलढोकाबाट लक्ष्मीपूजा गरेको ठाउँसम्म विभिन्न स्थानमा दीप बाल्न कन्जुस्याइँ नगर्नुहोस् ।

(नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया