आलियालाई प्याजको मूल्य थाहा नभएपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७२, बुधबार १२:१२

Alia-Bhattमुम्बइ । समाजमा नाम कमाएका सेलिब्रिटीहरु समाजको वास्तविक जीवनभन्दा कति टाढा छन् भन्ने कुरा जान्न अभिनेत्री आलिया भाट्लाई हेरे पुग्छ ।
आम भारतीय उपभोक्ताहरुले भोग्दैआएको समस्या हो, बजार महंगी । भारतमा उपभोग्य बस्तुमा मुल्य बढेपछि बेला–बेला आन्दोलन पनि हुँदैआएको छ ।
तर, बिडम्वना, भारतीय समाजका आइडियलहरु नै बजार भाउबारे चासो राख्दैनन् भन्ने कुरालाई प्रमाणित गरिदिएकी छिन् आलिया भाट्ले ।
कपील शर्माको ‘कमेडी नाइट विथ कपिल’ को पछिल्लो एपिसोडमा उपस्थित भएकी आलियालाई सोधिएको थियो, ‘प्याजको भाउ कती छ रु’ ।
तर, उनले भनिदिइन्, प्रतिकेजी ७ रुपैयाँ । उपस्थित मानिसहरु सबै दंग भएर हाँसेपछि उनी पनि हाँस्दै फेरि उत्तर दिइन्, ‘१७ रुपैयाँ’ टेलिभिजन शोमा उपस्थित सबै हाँसिरहे । उनलाई लज्जावोध भएन । बरु अचम्म मान्दै थिइन् ।
आलियको उत्तर नमिलेपछि सबै हाँस्नु स्वभाविक नै थियो । तर, आलियाले अर्को के पनि पुष्टि गरिन् भने दैनिक उपभोग्य बस्तुबारे उनलाई चासो नै छैन ।
त्यसो त, आलियाले दिएको गलत उत्तर अहिले सोसल साइटहरुमा भाइरल नै भएको छ । आखिर, आलियाले आफ्नो कमजोरी लुकाउनै सकिनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१