काठमाडौँ , २५ कात्तिक । तिहारको अवसरमा बोष्टर मिडिया र रेडियो राजधानीको सहकार्यमा पत्रकारहरुले २६ गते १ दिन देउसी भैलो खेल्ने भएको छ । संस्कृतिको संरक्षणका साथै पेशागत क्षमता विकासमा टेवा पुर्याउने उदेश्यका साथ देउसी भैलो खेल्ने कार्यक्रम तय भएको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुभयो । समाजसेवी, प्रतिष्ठित व्यवसायीहरुको निजी निवास एवम् बिभिन्न राजनीतिक नेताहरुको घरमा देउसी भैलो खेलिने र संकलित रकमलाई पत्रकारको हकहित एवम् क्षमता विकासका लागि प्रयोग गरिने ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया