पर्यटन विकासका लागि व्यवसायीक एकता अपरिहार्य रहेको सरोकारवाला निकायहरुको ठहर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७२, बुधबार ०७:०७

12193449_1042959605756956_9078146572698442797_n  सुवास भट्ट ।
पर्यटकीय विभिन्न संघसंस्थाहरुले भूकम्प तथा नाकाबन्दीका कारण सिथिल नेपालको पर्यटन प्रवद्र्वनका लागि व्यवसायीक एकता अपरिहार्य रहेको आवश्यकता औँल्याएका छन् । नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले मंगलबार आयोजना गरेको ‘भूकम्पपछिको चौपट पर्यटन’ विषयक बहस कार्यक्रममा बोल्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले यस्तो आवश्यकता औल्याएका हुन् ।Taannn
बहस कार्यक्रममा बोल्दै नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले भूकम्प तथा नाकाबन्दीका कारण सिथिल नेपालको पर्यटन प्रवद्र्वनका लागि आवश्यक पहल गर्न पार्टी तयार रहेको बताउनुभयो । पर्यटन विकासका लागि आवश्यक जायज मागहरु सरकार र विभागसमक्ष ल्याउन आग्रह गर्दै थापाले भन्नुभयो, ‘मुलुकको पर्यटन विकासका लागि असल मुद्दाहरु अगाडी बढाउनुस् । पार्टी र सरकारको तर्फबाट आवश्यक पहल गर्न म प्रयत्नशिल छु ।’ पर्यटकीय संघसंस्था तथा व्यवसायीहरुबीचको धु्रविकरणले पर्यटन विकासमा बाधा पु¥याएकोतर्फ इंकित गर्दै थापाले सबै पर्यटकीय संघसंस्थाहरुबीच एकता कायम भएको खण्डमा पर्यटन क्षेत्रले गति लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।12193881_1042988045754112_5209573165510840852_n भारतीय नाकाबन्दीले पर्यटन विकासमा असहजता थपेको बताउँदै उहाँले कुटनीतिक तर्फबाट समस्याको समाधान गर्नुपर्ने तथा विद्यमान संकटलाई अवसरको रुपमा ग्रहण गर्दै आत्मनिर्भरताको बाटोमा देश अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ठमेलस्थित हिमालयन पिज्जा एण्ड ह्यप्पी बबल्समा आयोजित उक्त कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष चन्द्र रिजालले टानले नेपालको पदयात्रा पर्यटनको विकास र प्रवद्र्वनका लागि कामहरु अगाडी बढाएको जानकारी दिनुभयो । Nattaकसैलाई काखा र कसैलाई पाखा गर्ने टानको नीति नरहेको प्रश्ट पार्दै रिजालले भन्नुभयो, ‘टान सबै संघसंस्था र व्यवसायीहरुसँग आपसी सहकार्य गरेर अगाडी बढ्न चाहन्छ ।’ व्यवसायी, संघसंस्था तथा संचारजगतको एकता बिना पर्यटन क्षेत्रले गति लिन नसक्ने भन्दै उहाँले सबै सरोकारवाला निकायहरुबीच आपसी एकता अत्यावश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर (नाट्टा) का अध्यक्ष डिबी लिम्बुले पनि व्यवसायीक एकताबिना मुलुकको पर्यटन विकास संभव नरहेको जिकिर गर्दै विभाजनले अन्ततः पर्यटन व्यवसायीलाई नै असर पर्ने दावी गर्नुभयो । उहाँले हाल मुलुकमा देखिएको इन्धन संकटको समाधानका लागि वैकल्पिक उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले इन्धन अभावका कारण पर्यटकहरुले सेवा सुविधाबाट वञ्चित हुनुपरेको भन्दै समस्याको समाधानार्थ चाँडो पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पनि व्यवसायीक एकता अहिलेको अपरिहार्य आवश्यकता रहेकोतर्फ प्रकाश पार्नुभयो । नेपाल पर्वतारोहण संघ (एनएमए) का कोषाध्यक्ष टिका गुरुङले पर्यटनको विकासको माध्यमबाट मुलुकको समृद्वि आफूहरुको चाहना भएको भन्दै पर्यटनको विकासका लागि सबै पक्षको एकत्व आवश्यक रहने दावी गर्नुभयो । सरकारले एनएमएको अधिकार खोस्नु गलत भएको गुरुङको टीप्पणी थियो ।
कार्यक्रममा बोल्दै नाटोजका अध्यक्ष शिव अधिकारीले मुलुकको पर्यटन विकासका लागि पर्यटन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मुलुकभरीका पर्यटन पत्रकारहरुको सञ्जाल नाटोजसँग सहकार्य गरेर अगाडि बढ्न सबै संघसंस्थाहरुलाई अपिल गर्नुभयो ।
कार्यक्रमकै बीच नाटोजले टानका नवनिर्वाचित तथा मनोनीत पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
यसैबीच कार्यक्रमको सहयोगी हिमालयन पिज्जा एण्ड ह्याप्पी बबल्सले उपस्थित सबैलाई हार्दिक धन्यवाद् ज्ञापन गरेको छ ।12241363_1042994082420175_9079853747240113780_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१