“१९ वर्षमै बलात्कृत भएँ”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७२, मंगलवार १०:५०

57th Annual GRAMMY Awards held at the Staples Center - Red Carpet Arrivals Featuring: Lady Gaga Where: Los Angeles, California, United States When: 08 Feb 2015 Credit: Adriana M. Barraza/WENN.com

गायिका, गीतकार तथा अभिनेत्री लेडी गागाले १९ वर्षकी हुँदा आफूमाथि बलात्कार भएको खुलासा गरेकी छिन् । २० वर्ष जेठा ‘म्युजिक प्रड्युसर’ले आफूलाई जबर्जस्ती गरेको गागाले एक रेडियो अन्तर्वार्तामा स्वीकारेकी हुन् ।

२८ वर्षिया गागाले भनेकी छिन्, ‘त्यो समस्याबाट बाहिर आउन मलाई शारीरिक तथा मानसिक थेरापी नै लिनुपरेको थियो ।’ तर, उनले यस विषयमा थप बोलिनन् । ‘अहिले म सबै कुरामा खुसी छु । यस विषयमा कुरा गर्न चाहन्नँ । राम्रा विषयमा कुरा गरौँ,’ अन्तर्वार्ताकारलाई उनको अनुरोध थियो ।

लेडी गागाले ती प्रड्युसरलाई त्यसपछि एकपटक देख्दा आफ्नो हातखुट्टा काँपेको बताइन् । उनले त्यतिवेला आफूलाई जानकारी नभएकाले यो घटनाबारे कसैलाई नभनेको पनि बताइन् ।

(नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१