काठमाडौं । जैनमुनी रजनिश लगातार १४ दिनदेखि पानीमात्रै ग्रहण गरेर उपवासमा बसेका छन् ।
विराटनगरको जैन भवनमा जारी चातुर्मासमा सहभागी रहेका उनी सूर्यास्त अघिसम्म मात्र पानी ग्रहण गर्छन ।
एक्काइस वर्षअघि जैनगुरु आचार्य महाप्रज्ञबाट दीक्षित रजनिशले साधनाको बेलामा पानीमात्रै ग्रहण गर्नु आफ्नो नित्य कर्मजस्तै रहेको जानकारी गराए । उनी जैन धर्मावलम्बीको संस्था तेरापन्थ प्रोफेसनल फोरमका आध्यात्मिक संरक्षक पनि हुन्।
उनीअहिले आचार्य महाश्रमणसँगै जैन धर्मको विविध पक्षको विषयमा प्रचार र चेतना फैलाउन सक्रिय रहेका छन् ।
सम्भवतः १५ दिन पूरा भएपछि मात्र अन्न ग्रहण गर्ने योजना बनाएका उनमा अहिलेसम्म त्यस्तो कुनै शारीरिक कठिनाइ नभएको बताइएको छ ।
प्रतिक्रिया