विश्वका ५ ह्याकर सुन्दरी यस्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार ११:५८

ह्याकर्सको कुरा गर्ने बित्तिकै दिमागमा आउँछ कुनै पुरुषको अनुहार। तर के तपाइलाई थाहा छ विश्वमा केही यस्ता लोकप्रिय अनि सुन्दर महिला ह्याकरहरु पनि छन्, जो कुनै पनि कुरामा पुरुष ह्याकर भन्दा कम छैनन।

एन्ना च्यापम्यान(Anna Chapman)

female hackers (1)
एना च्यापम्यानको नाम ती ह्याकरहरु मध्येको चर्चित नाम हो जसले अमेरिका विरुद्द ह्याक गरेका थिए। सन् २०१० जुन २७ मा रशियाकी एना र उनका ९ साथीहरुलाई न्युयोर्कमा गिरफ्तार गरिएको थियो। एनालाई अमेरिका विरुद्ध ह्याक गरि जासुसी गरेको आरोप थियो। एनालाइ दोस्रो पटक एफबीआईले पनि गिरफ्तार गरेको थियो।

यिंग क्य्राकर (Ying Cracker)

female hackers (3)

चीनकी यिंग क्य्राकर सबैभन्दा सुन्दरी महिला ह्याकरको सुचीमा सामेल छिन। सफ्टवेयर ह्याकिङमा अब्बल यिंगले चीनको संघाइमा ह्याकिन सिकाउँछिन। एउटा क्लासको ५०० देखि ५०० युआन पैसा लिने गरेकी छिन यिंगले। आफ्ना विद्यार्थीलाइ फरक फरक सफ्वेयर कसरी क्य्राक गर्ने भनि सिकाउँछिन।

क्रिस्टिएना (Kristina Svechinskaya)

female hackers (4)
न्युयोर्क युनिभर्सिटीकी विद्यार्थी क्रिस्टिएना ह्याकिङ दुनियाको चर्चित अर्को नाम हो। उनको विरुद्ध ब्रिटेन र अमेरिका ब्याङ्कका सर्भर ह्याक गरेन कर सम्बन्धि जानकरी निकालेको अनि पैसा चोरेको आरोप छ। यसको साथै नक्कली पासपोर्टको केश पनि उनमाथी चलेको छ।

उनले कम्प्युटर भाइरस (ट्रोजन हर्स) को मद्धतले पाँच अमेरिकी ब्याक एकाउन्ट ह्याक गरेकी थिइन। उनी र उनको साथीहरु विरुद्ध ३ मिलियन डलर चोरीको आरोप छ।

एडिएना कूक (Adeanna Cooke)

female hackers (5)

प्लेब्याएमा मोडल समेत भइसकेकी एडिएनाको साथीले पैसा कमाउनको लागि जब उनको केही व्यक्तिगत फोटो वेबसाइटमा सार्वजनिक गरिदिइन, प्रहरीमा जानुको सट्टा एडिएना आफैले सो साइट नै ह्याक गरिदिइन। उनी इथिकल ह्याकर हुन।

जोआना रूटकोव्सका (Joanna Rutkowska)

female hackers (2)
जोआना इथिकल ह्याकर हुन जो सरकार को मद्धत गर्छिन। उनी गैरकानुनी ह्याकिङ रोक्न सरकारको तर्फबाट ह्याक गर्छिन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१