“नारीका लागि नारी” विशेष साँस्कृतीक साँझ अन्तिम चरणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार ०९:४९

एन आइ न्यूज इजरायल,

आगामी जुन १३ शुक्रवार वेलुका  इजरायलको तेलअभिव स्थित लेवेन्दा ३२ मा  ”राष्ट्रिय सम्वृद्धिका लागि नारी एकता“ भन्ने मुल नारासंगै विश्वभर छरिएर रहेका नारीहरूको संगठन  “नारीका लागी नारी”  एक करोड १ रुपैयाँको  परोपकारी अक्षय कोष समुद्घाटन तथा विशेष साँस्कृतीक साँझको तयारी तिब्र रुपमा अगाडि वढेको आजोजकले जनाएका छन् ।
मातृभूमी लगायत विभिन्न देशहरूमा छरिएर रहेका सकृय महिलाहरूको संयुक्त पहलमा घोषणा गरिएको “नारीका लागि नारी”  एक करोड १ रुपैयाँको  परोपकारी अक्षय कोषले छोटो समयमा नै वृहत् रूप लिन सफल भईसकेको छ ।  सकारात्मक सोचसंगै  केही हदसम्म भएपनि सामाजिक परिवर्तनको लागि  थालिएको सो अभियानमा हातमा हात र साथमा साथ मिलाउदै लम्किईरहेका महिला दिदिवहिनीहरूको आयोजनामा हुन लागेको सो कोषको समुद्घाटन तथा इजरायलमा रहेका नेपाली  कलाकारहरूको  धमाकेदार  प्रस्तूती रहेको उक्त कार्यक्रममा सहभागिता जनाई  नारीहरूले थालेको महान् कदममा  साथ   दिदै सल्लाह सुझाव एवं  प्रतिकृयाहरू दिनुहुन  नेपाली राजदूतावास परिवार, इजरायलमा नेपालीहरूमाँझ रहेका  विभिन्न  संघसंस्थाका प्रतिनिधीहरू, मिडियाकर्मीहरू  लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरूलाई हार्दिक अनुरोध तथा निमन्त्रणा (चुले निम्तो)  गरिएको छ ।
सोही कार्यक्रममार्फत संस्थाको परिचय, कार्यपत्र  तथा भावी योजना लगायतका विविध  विषयहरूमाथि प्रष्ट पार्दै तमाम जनसमुदायमा रहेका जिज्ञासाहरूमा  समेत केन्द्रित हुदै  स्पष्ट धारणा सार्वजनिक  गरिने आयोजक टिमले जानकारी दिएको छ ।
नारीका लागि नारी परोपकारी अक्षयकोष घोषणाको तीन महिना पनि पुरा नहुदै ५ वटा भिन्दाभिन्दै जिल्लावाट  अत्यन्तै नाजुक  पारिवारिक अवस्थामा गुज्रिरहेका ५  जना छात्राहरूलाई शैक्षिक व्यावस्थापन गरेको छ । देशको विग्रदो अवस्थासंगै अशिक्षा, वेरोजगारी, लैंगिक विभेदता  लगायतका यावत् कुराहरूले तमाम नेपालीहरूलाई नै  ग्रसित वनाईरहेको  अवस्थामा  उक्त परोपकारी कोषद्वारा  “शैक्षिक अधिकार, छोरा या छोरी, धनी या गरिव सवलाई  वरावर’’  भनी थालनी गरिएको छोरीहरूलाई शिक्षामा लगानी एक सकारात्मक ज्वलन्त  उदाहरण  मान्न सकिन्छ ।  सो अभियानले हाल  शैक्षिक अधिकारवाट वन्चित हुने अवस्थामा रहेका पाँच जना छात्राहरू  मोनिका गौतम, कक्षा ७  नवलपरासी, भावना पाण्डे कक्षा  ७, गोरखा , शान्ता मगर   कक्षा १  धादिङ, सृष्टी  बि. क कक्षा  ७ लमजुङ,  र  झापा स्थित कक्षा ७ की सुमिना  चाम्लागाई लाई शैक्षिक अवसरसंगै  उज्यालो भविष्यको लागि पहल   गरेको छ ।

कार्यक्रमलाई व्यवस्थित र मनोरन्जनात्मक वनाउनको लागि  इजरायलमा रहेका परोपकारी अक्षय कोषका अभियन्ताहरूद्वारा  विभिन्न संघसंस्था या व्यक्ति विशेषहरूलाई समेटेर  व्यावस्थापक समिती समेत गठन  गरिएको छ । सो समितीले कार्यक्रमलाई चुस्त र मर्यादिद वनाउनको लागि कार्य विभाजन लगायतका विविध विषयहरूमा तिव्र तयारी गरिरहेको जनाईएको छ । कार्यक्रममा गीत  नृत्य, कविता, नाटक तथा मनोरन्जनात्मक  धमाकेदार  साङ्गितिक कोशेलीहरू प्रस्तूत गरिने तयारी गरिएको छ  ।
कार्यक्रमलाई पूर्ण सफल वनाउनको लागि व्यावस्थापन समितीमा  निम्नानुसारका सहयोगी व्यक्तिहरू रहेका छन्  भने इजरायलमा रहेका उल्लेख्य नेपाली दाजुभाई तथा दिदिवहिनीहरूले पुर्ण रूपमा सहयोग , समर्थन र साथ दिदै आईरहेको आयोजक टिमले वताएको छ ।
१, निरज सुवेदी
2, दिपेन्द्र थापा
३,हजुरी शाह कडेल
४,आर. के शर्मा
५,जानुका निरौला
६,धर्मराज भण्डारी
७, कृष्ण भण्डारी
८, सुर्य बस्याल
९,तेन्जिंङ सेर्पा
१०, नवराज आचार्य
११,सानु खतिवडा
१२, कृष्ण रायमाझी
१३, बिष्णुमाया कार्की
१४,  शुभद्रा भण्डारी (थापा)
हरेक प्राणीको जन्म स्त्रीजाति वाटै भएको हुन्छ र  भनिन्छ नारीविनाको घऱ अन्धकार रहेको हुन्छ । नारी र  पुरूष विना कसैको जीवन, कुनै घऱ अनी समाज र राष्ट्र नै अपुरो र अधुरो  रहन्छ भन्ने थाहा हुदाहुदै पनि हाम्रो समाजमा नारी र पुरुषविचको विभेद अझै पूर्ण रूपमा  निर्मुल हुन सकेको छैन । तसर्थ ‘’नारीका लागि नारी अभियान’’ ले समाजलाई केही उज्यालो दिन सक्छ भन्ने विश्वास तथा पूर्ण अपेक्षा  गरिएको छ ।
कार्यक्रम तालिका निम्नानुसार रहेको छ ।
मिती : जुन १३ शुक्रवार ,,२०१४
स्थान : …… तेलअभिव ,लेवेन्दा ३२ (दोश्रो तल्ला )
समय :—- वेलुका ८ वजेवाट शुरु
प्रवेश शुल्क :- निशुल्क
                

  सम्पर्क व्यक्तिहरू 
सावी  पाठक:– 0548720254, 0544673404
काजल घिमिरे : –0587878806
नितु खतिवडा : –0536274207

प्रतिक्रिया