यसरी समाधान हुन्छ डार्क सर्कल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार ०७:१५

ddddएजेन्सी । आफ्नो अनुहार सुन्दर बनाउने रहर सबैलाई हुन्छ तर रहर हुदाहुदै पनि कहिले कहिले अनुहारमा समस्या आउछ । अनुहार मा देखापर्ने धेरै समस्या हरु छन् जस्तै डन्डीफोर, चाया, पोतो, अनि आँखाको मुनि कालो धर्सा देखिनु त्यो डार्कसर्कल हो ।
राम्री देखिन, सबैको प्रशंसा पाउन अनुहार र यसको सुन्दरताको राम्रोसंग हेरचाह गर्नुपर्छ । डार्क सर्कलबाट मुक्त हुन र अनुहारलाई थप आकर्षक बनाउन सौन्दर्य विशषेज्ञहरूले यस्ता टिप्सहरु दिएका छन् ति एसप्रकार छन् ।

– तपाईंले आँखामा काँक्रोको टुक्रा राखेर १५ मिनेटसम्म पल्टिरहनुभयो भने त्यसले तपाईंको आँखामा राम्रो प्रभाव देखाउन थाल्छ। नियमित रूपमा यसो गर्नाले डार्क सर्कल कम हुँदै जान्छ।

(सुत्नुअघि काँक्रो र आलुको मिश्रण आँखामा राख्नाले आँखालाई आराम मिल्छ। त्यसो गर्न तपाईंलाई अल्छी लाग्छ भने १० मिनेटसम्म टी ब्याग आँखामा राख्न सक्नुहुन्छ। यसले पनि काँक्रो र आलुको मिश्रण बराबरकै राम्रो गर्छ।

– डार्क सर्कल एलर्जीका कारण भएको हो भने एलर्जी गराउने चिजबाट टाढै रहनु राम्रो हुन्छ ।

– आँखामुनि हाडे बदामको तेल लगाउनाले पनि डार्क सर्कल हटाउन मदत गर्छ । यसरी दैनिक रूपमा दुई तीन सातासम्म मसाज गर्नाले डार्क सर्कलको असर कम हुँदै जान्छ र निरन्तर यसो गरिरहँदा केही समयमै त्यो हराउँछ ।

– यसैगरि फुलर्स अर्थ र पानीको पेस्ट बनाएर फेस प्याकको रूपमा लगाउनाले डार्क सर्कल घटाउन मद्दत गर्छ । तपाईंले सामान्य पानीको साटो गुलाबजल प्रयोग गर्नुभयो भने डार्क सर्कल घट्नुको साथै अनुहार पनि चम्किलो हुँदै जान्छ।

डार्क सर्कल हुनुको एउटा मुख्य कारण तनाव हो । धेरै तनाव लिँदा, तपाईंको मस्तिष्क र शरीर प्रभावित हुन्छ र त्यसको असर अनुहारमा देखिन्छ। डार्क सर्कल तनावको परिणाम हो । त्यसैले, तपाईंले आफूलाई तनावबाट मुक्त राख्न र आनन्द महसुस गर्न नियमित ध्यान र योगा गर्नु राम्रो हुन्छ।

अनुहार र शरीरलाई खानेकुराले पनि असर गर्छ, यदि तपाईंले राम्रोसँग खानुहुन्न भने, त्यो तपाईंको अनुहार र शरीरबाट स्पष्ट रूपमा थाहा हुन्छ । शरीरमा मिनरल, भिटामिन र अरू पौष्टिक तत्वो को कमी भयो भने डार्क सर्कल देखिन्छ । त्यसैले, मस्तिष्क र शरीर स्वस्थ बनाउन सफा र ताजा खानेकुरा खानुपर्छ।

फलफूल, हरियो सागपात र दूध खानाले डार्क सर्कलबाट जोगिन सहयोग गर्छ । धुम्रपान र मद्यपान गर्नाले छालामा नराम्रो असर पार्छ । चुरोटबाट निस्किने धुवाँले अनुहारको छालाको रङ उडाउँछ । डार्क सर्कल पनि छालाको रङ खुइलिनुजस्तै हो । त्यसैले, धुम्रपान र मद्यपान गर्नुहुँदैन ।

माथिका यी उपायहरु बाहेक राम्रोसँग निदाउनु पनि जरुरी छ। हाम्रो मस्तिष्कलाई निद्राले आराम दिन्छ । आराम पाएको मस्तिष्कले अनुहार राम्रो बनाउँछ। त्येसैले आफूलाई पर्याप्त आराम दिनुहोस् पर्याप्त आराम गर्नाले तपाईंको सबै डार्क सर्कल हट्छ र तपाईं राम्री देखिनुहुन्छ । अनि तपाई डार्कसर्कल बाट मुक्त हुनुहुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१