काठमाडौँ ,२२ कातिक । सशस्त्र प्रहरी बलका २ उच्चपदस्थ अधिकारी आधा दर्जन सहयोगीकै माझ एक अर्कालाई अपशब्द प्रयोग गरी गाली गलौजमा उत्रेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सशस्त्र प्रहरी मुख्यालयमा शनिबार बिहान आइजीपी कोषराज वन्तले सशस्त्र प्रहरी दिबसको रिहर्सलका लागि बोलाएको कार्यक्रमपछि भएको कल्याणकारी कोष बैठकमा वन्त र एआइजी जीवनकुमार थापाबीच विवाद हुदाँ झन्डै हात हालाहाल भएको हो ।
सशस्त्र प्रहरी दिबस कात्तिक ७ गते भएपनि इन्टरपोल बैठकका लागि वन्त अमेरिका गएपछि सोमबार दिवस मनाउने योजना बनेको थियो । सशस्त्रले धुमधाम सशस्त्र प्रहरी दिबस मनाउन लागेको भन्दै संगठनभित्र आलोचना भइरहेको छ ।
वन्तले तल्लो स्तरमा गएर सबैले काम गर्नुपर्ने, सबै काममा आफू लाग्नुपर्ने, कसैले केही काम गर्दैनन्, मन्त्री र नेताको ढोकाढोका कुद्दै हिड्छन भनेर पटक पटक अश्लील शब्द प्रयोग गरेका थिए । वन्तले यसो भनेपछि २ महिनापछि अवकाशमा जान लागेका एआएजी थापाले आफ्नो धारणा राख्न १० मिनेट मागेका थिए । वन्तले नदिएपछि उनीहरुबीच बिवाद भएको हो ।
प्रतिक्रिया