मोदी पत्नीलाई पासपोर्ट दिन अस्विकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार ०६:२३

timthumb.php

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नीलाई पासपोर्ट दिन भारतीय अधिकारीले नै अस्विकार गरेका छन् ।
बिबिसी हिन्दीका अनुसार मोदीकी पत्नि जसोदा बेनलाई अधिकारीहरुले विवाहको प्रमाणपत्र माग्दै पासपोर्ट दिन अस्विकार गरेका हुन् । बेनले गत महिना पासपोर्टको लागि निवेदन दिएकी थिइन् । बेनका भाइ अशोक भाइले विदेशमा बस्ने आफन्तहरुले जशोदासँग भेट्न चाहेकाले उनीहरुलाई भेट्न जानका लागि  उनले पासपोर्टका लागि निवेदन दिएकी थिइन्।

अवकाशप्राप्त शिक्षिका जशोदा बेन आफ्नी पत्नी भएको नरेन्द्र मोदीले सन् २०१४ मा सार्वजनिक रुपमा स्वीकार गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१