१० जना स्विस नागरिकको आर्थिक सहयोगमा नुवाकोटमा विद्यालय निर्माण हुदै ,स्थानीयवासी खुसि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार १८:०६

12107813_1625950591000606_5791328325938357573_nकाठमाडौँ ।
मकालु एडभेन्चरका संचालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा नुवाकोटस्थित तारुका आरुबोटे वडा न. ४ मा अवस्थित विपी स्मृति प्राथमिक विद्यालयको निर्माण कार्यले तिव्रता पाएको छ । १० जना स्विस नागरिकको आर्थिक सहयोगमा उक्त विद्यालय निर्माण हुन लागेको हो । 12196264_1625950717667260_8991619620894399267_n
निर्माणाधिन उक्त विद्यालयमा सौर्य सोलार प्रणाली, बाथरुम तथा अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधात्मक छ कोठे पक्की भवन हुनेछन् । लगानीकर्ता स्वीस नागरिक स्वयंले विद्यालय निर्माणका लागि श्रम लगाएर काम गरिरहेका छन् भने विद्यालय निर्माण कार्यले स्थानियहरुलाईसमेत रोजगारीको गतिलो अवसर सृजना गरिदिएको छ । स्थानिय कृषकहरुले विद्यालय निर्माणार्थ रोजगारी पाएका छन् । फूर्सदको समयमा उच्च पारिश्रमिकसहितको रोजगारीको अवसर जुट्दा उनिहरु निकै खुसी देखिन्छन् । 12122610_1625950567667275_6893315082973041915_n
भूकम्पको पूर्ण क्षति व्यहोरेका विपी स्मृति प्रावीसहित नुवाकोट तारुकास्थित वडा न। ५ को श्री नमूना जनजागृति प्रावी र वडा न। ८ स्थित हस्तीकेसर प्रावीको पनि यसलगत्तै चरणवद्व रुपमा निर्माण कार्यले गति पाउने लम्सालले बताउनुभयो । 12066055_1625950954333903_8522513560417953729_n
शुक्रबार मकालु एडभेन्चरका सञ्चालक लम्सालको नेतृत्वमा गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीलगायतको टोलीले विपी प्राविधको निर्माणधिन उक्त भवनको अध्ययन, अवलोकन र निरीक्षण गरेको थियो । निरीक्षणपश्चात लम्सालले अफ्नो संयोजनामा विद्यालय निर्माणको काम अत्यन्तै तिव्र गतिमा भईरहेकोप्रति खुसी व्यक्त गर्दै केही समयभित्रै भवन बनिसक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीले आफ्नो पहलमा विदेशी नागरिकसँगको समन्वयमा ग्रामिण क्षेत्रमा विद्यालय निर्माण कार्यको थालनी गरिदिएकोमा लम्सालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले लम्साललाई मानविय सेवाको प्रतिमूर्तिको रुपमासमेत चित्रण गर्नुभयो । 12191038_1625950774333921_4297962044354980171_n
भूकम्पबाट क्षतिग्रस्त ती तीनवटै स्कुल साढे दुई करोडको लगानीमा बन्न लागेको हो ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ९टान० का पूर्वमहासचिवसमेत रहनुभएका लम्सालले नुवाकोट तारुकामामात्र नभएर देशैभरीका भूकम्पप्रभावित दूर्गम क्षेत्रहरुमा शिक्षालगायतका अन्य क्षेत्रहरुमा समाजिक कार्यहरु गर्दै आउनुभएको छ । उहाँलाई पर्यटन क्षेत्रमा एक स्वच्छ छवि भएका निर्भिक, निडर र निस्वार्थि व्यक्तित्वको रुपमा चिनिन्छ ।12191584_1625950871000578_5992117573057482142_n

प्रतिक्रिया