के तपाँइ सास गन्हाउँने समस्याले पिडित हुनुहुन्छ ? यस्तो छ डाक्टरको सल्लाह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार ०९:५१

sasमोजा, काखी र सास गन्हाउने व्यक्तिगत समस्या हुन्। तैपनि यो समस्याले अरुलाई अप्ठ्यारो पार्छन्। मोजा गन्हाएमा धोएर, सफा गरेर वा जुत्ता नै बदलेर समाधान गर्न सकिन्छ। तर, सास गन्हाउँछ भन्दैमा मुख नखोली बस्न सकिँदैन। सास गन्हाउने समस्याले आफूसँग हिँडडुल र उठबस गर्ने साथीसंगीलाई हैरान पार्नुका साथै स्वयं व्यक्ति पनि हीनभावनाले ग्रसित हुनसक्छ। त्यसैले यो रोग आफू र अरुका लागि पनि समस्या हो भनेर चिनिन्छ।यो रोग के होरु

मुख वा नाकबाट अपवित्र वा अशुद्ध, नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई हेलिटोसिस वा ब्याड बे्रथ वा सासरमुख गन्हाउने रोग मानिन्छ। सास गन्हाउने अवस्था आफैंमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएको रोगहरूको लक्षण वा औषधी प्रयोगको असर हुनसक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगहरूको जानकारी दिएर ‘मुख शरीरको ऐना हो’ भन्ने भनाईलाई पनि चरितार्थ गर्छ।

प्रकार

मेरो अनुभवमा सास गन्हाउने बिरामी तीन प्रकारका हुन्छन्।

– आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू

– आफ्नो सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू

– आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू।

विवाहको लगन भएको बेला यस्ता बिरामी बढी आउने गरे पनि जीवनसाथीको सिकायतले सधैंजसो आउने गर्छन्। नेपालमा गिजासम्बन्धी रोग, दाँतमा कीरा लाग्ने, पछि सास गन्हाउने समस्या लिएर आउने बिरामी हुन्छन्।

के–के कारणले हुन्छरु

बुढापाका र सुघ्ने नसाको भ्रम भएकाहरूमा सास गन्हाउने समस्या नभए पनि मानसिक कारण तथा भ्रमले उनीहरूलाई सास गन्हाएको भान हुन्छ। यसलाई कारण नभएको अवस्थाको सास गन्हाउने अवस्था मानिन्छ। कारण भएको सास गन्हाउने अवस्थालाई तीन भागमा उल्लेख गर्न सकिन्छ।

९१० सामान्य अवस्था स् बिहान उठ्नासाथ, भोकोरब्रत बसेको अवस्थामा, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तैः चिया, कफी, मकै, प्याज, लसुन। रक्सी, बोसो, भुटेको खाना आदिले सामान्य अवस्थामा पनि सास गन्हाउँछ। नक्कली दाँत लगाएर सुतेमा, नाकको सट्टा मुखबाट सास फेरेमा, नमिलेका कृत्रिम दाँत लगाएमा, भोको वा ब्रत बसेको बेलामा पनि साधारण अवस्थामा पनि सास गन्हाउँछ।

९२० रोगसँग सम्बन्धित –

९क० मुख, दाँत तथा घाँटीसँग सम्बन्धित रोग स् – मुखको स्वास्थ्य कमजोर भएमा, दाँत कीराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएमा, जिब्रो खस्रो र बाक्लो भएमा, दाँत नमिली बसेमा, मुखमा भएका घाउ खटिराको संक्रमण भएमा र दाँत निकालेपछि घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सर आदिले सास गन्हाएको हुनसक्छ।

९ख०शरीर तथा शरीरका प्रणालीसँग सम्बन्धित रोग स् – फोक्सोका रोगहरू लंग अवशेष, क्षयरोग, ब्रोन्काइटिस आदिका कारण पनि सास गन्हाउँछ। मासिकश्राव हुँदा दुखाइ, पाचन प्रणालीसँग सम्बन्धित रोग जस्तैः ग्यास्टाइट्रिस, कलेजोको रोग, मिर्गौलासम्बन्धी रोग, चिनीरोग, ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत आदिले सास गन्हाउन सक्छ।

९३० औषधीको प्रयोग स् एन्टीहिस्टामिन, एन्टीक्यान्सर, एन्टीबायोटिक, एन्टीकोगुलेन्ट, एन्टीकोलिनर्जिक र मानसिक रोगका औषधी प्रयोग गर्दा पनि सास गन्हाउँछ।

९४०थुक कम आउने अवस्था– थुक निकाल्ने ग्रन्थीहरूको रोग, क्यान्सरको उपचार, औषधीको प्रयोगले थ¬क कम आई सास गन्हाउन सक्छ।

कसरी थाहा पाउने ?

१.यदि तपाईंलाई रुघा लागेको छैन र नाक ठीक छ भने आफ्नो हात मुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस्। हातमा ठोक्किएर फर्केको सास नाकले भित्र तानी हाल्नुहोस्। यसबाट तपार्इंले आफ्नो सास गन्हाएको वा नगन्हाएको थाहा पाउन सक्नुहुन्छ।

२. आफ्नो सास गन्हाएको वा नगन्हाएको, आफ्नो अतिनजिकका व्यक्तिहरू पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठीसँग सोधर थाहा पाउन सक्नुहुन्छ।

३. आफूप्रति अरूको व्यवहार हेरेर, मनन गरेर। जस्तैः बोल्दा नजिकमा बसेका व्यक्तिले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा।

उपरोक्त तरीकाबाट सास गन्हाएको वा नगन्हाएको पत्ता मात्र लाग्छ। तर, कति भनेर नाप्न ब्रेथएनालाइजर लगायत उपकरण प्रयोग गरिन्छ।

अन्तमा, सास वा मुख गन्ध आउने अवस्थालाई एक अर्काको पर्यायको रूपमा लिए पनि यदि व्यक्तिको नाक ठीक छ र श्वासप्रश्वास प्रक्रिया नाकबाटै हुन्छ भने सास वा नाक गन्ध आउँदा शरीरका प्रणालीसँग सम्बन्धित कारणले हुन्छ। मुखबाट गन्ध आयो भने मुख र घाँटीसँग सम्बन्धित कारण हुने भएकोले सम्बन्धित रोग विशेषज्ञलाई देखाउनुपर्छ। अस्थायी रूपमा सास गन्हाउने समस्यालाई चुइङ्गम, माउथवास, ल्वांग सुकुमेल चपाएर रोक्न सकिन्छ। चिकित्सकलाई जचाएर रोगको कारण पत्रा लगाई उपचार गर्नु उपयुक्त हुन्छ।

डा. प्रकाश बुढाथोकी, वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ, लुम्बिनी अञ्चल अस्पताल, बुटवल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१