यस्ता छन् ऐश्वर्याको १७ रहस्यमयी किस्सा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार ०६:४८

Aishwarya Raieऐश्वर्या रायको उमेर आज नोभेम्वर एकमा ठिक ४२ वर्ष पुग्यो । तर, आफ्नो सुन्दरता र सीपले विश्वभरी चर्चा कमाएकी ऐश्वर्या आमा बनिसक्दा पनि झन–झन आकर्षक देखिएकी छिन् ।

फिल्म क्षेत्रबाट ५ वर्षको आरामपछि फेरि फिल्ममा फर्केकी ऐश्वर्याको जीवनकालका थुप्रै रहस्यमयी किस्सा छन् ।

यतिसम्म की, उनी सन् १९९४ मा मिसवल्र्ड भएपछि कार्यक्रमका होस्टले गरेको डेटिङको प्रस्ताव उनले अस्वीकार गरेकी थिइन् ।

ऐश्वर्यालाई आफूभन्दा ७ वर्ष कम उमेरका अभिनेता अभिषेक बच्चनले पहिलोचोटी विहेको प्रस्ताव राखेका थिए । मणिरन्तको फिल्म ‘गुरु’ को सूटिङको दौरानमा अभिषेकले विहेको प्रस्ताव गरेका थिए । सोही फिल्म रिलिज भएको केही समयपछि उनीहरुको विहे भयो ।

ऐश्वर्य राय अभिनेत्री भन्दा पनि एक आर्किटेक्ट बन्न चाहन्थिन् । उनको पढाइ अब्बल थियो । अझै पनि उनलाई पढ्ने सोख मेटिएको छैन ।

उनी ९ कक्षामा अध्ययनरत छँदा केमलिन पेन्सिलको एक विज्ञापनका लागि अफर आयो । त्यही विज्ञापनबाट उनको मोडलिङ करिअर सुरु भएको हो ।

ऐश्वर्या रायको नाममा १७ हजार वेभसाइटहरु बनेका छन् । जसमध्ये एक साइट उनको आफ्नै छ ।

मोडलिङबाट करिअर सुरु गरेकी ऐश्वर्यले सन् १९९१ मा सुपर मोडेलको ताज पहिरिएकी थिइन् । फोर्डद्धारा आयोजित यो कन्टेस्ट जितेपछि ‘भोग म्यागेजिन’ को अमेरिकन एडिसनमा उनको कभरेज भयो ।

सन् १९९३ मा आमिर खानको साथ पेप्सीको विज्ञापनमा देखिएपछि चर्चा कमाएकी ऐश्वर्या सन् १९९४ मा मिस वल्र्डको ताज जितेपछि उनको जीन्दगीमै आमूल परिवर्तन आयो ।

ऐश्वर्याको फिगर मेन्टेन हुनुको रहस्य उनी सधैँ अति थोरै खाना खान्छिन् र खानापछि फलफूल खाने गर्छिन् ।

अर्की अभिनेत्री प्रिती जिन्टा मात्रै ऐश्वर्याकी सबैभन्दा निकट साथी हुन् । अनौठो के भने, उनीहरु दुवैजनाले एउटै फिल्ममा काम गरेकै छैनन् ।

वलिउडका हजारौँ फिल्ममध्ये ऐश्वर्यालाई मनपर्ने फिल्म ‘दीवार’ हो । जहाँ उनका ससुरा अमिताभ बच्चनको मुख्य भूमिका छ ।

उनले धेरै को–स्टारहरु सँग काम गरे पनि मन पर्ने को–स्टार रजनीकान्त हुन् । यद्यपी, रजनीकान्तसँग ऐश्वर्याले धेरै सिनेमामा काम गरेको अनुभव छैन । ऐश्वर्या–रजनीकान्त अभिनित फिल्म ‘रोवोट’ अत्याधिक सफल भएको थियो ।

उनलाई हरेक खाले आउटफिट्स सुहाए पनि साडी पहिरिन उनलाई मन पर्छ । साथै, ज्वेलरी पहिरिन ऐश्वर्यालाई धेरै मन पर्दैन ।

ऐश विभिन्न एनजिओको माध्यमबाट सामाजिक कार्यमा पनि सक्रिय छिन् । यही क्रममा उनी यूएनएडसँग पनि जोडिएकी छिन् ।

हलिउडस्टार ब्राड पिटको सुपरहिट फिल्म ‘ट्रोय’को लागि ऐश्वर्यालाई अप्रोच गरिएको थियो । तर, उनले त्यो अफर अस्वीकार गरिन् ।

ऐश्वर्या त्यस्तो भारतीय अभिनेत्री हुन्, जसको मूर्ती लन्डनको म्याडम तुसाद म्युजियममा राखिएको छ ।

केही अन्तर्राष्ट्रि कम्पनीको ब्रान्ड एम्बेसडर हुन् उनी । सन् २००३ मा कान्स जस्तो प्रतिष्ठित फिल्म उत्सवमा भारतको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भइन् । २००३ देखि अहिलेसम्म कान्समा उनी नियमित सहभागी हुँदैआएकी छिन् ।

ओपेरा विनफ्रेको अमेरिकन शोमा सहभागी हुने उनी पहिलो इन्डियन सेलिब्रिटी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१