४४ बर्षकी भईन तब्बू, नागार्जुनसँग चलेको थियो अफेयर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १४:१९

tabbuबलीउड अभिनेत्री तब्बूले आफ्नो ४४ औं जन्मदिन मनाएकी छिन् । वुधबार उनले आफ्नो ४४ औं जन्मदिन मनाएकी हुन् । १९७१ नोभेम्बर ४ मा जन्मिएकी तब्बू ८० र ९० दशककी एक्ट्रेस फराह नाजकी बहिनी हुन् ।

उनी पुरानी कलाकार शबाना आजमी र बाबा आजमीकी भतीजी पनि हुन् । सानैदेखी घरमा फिल्मी माहोल भएका कारण तब्बूले पनि आफ्नो करियल फिल्मीक्षेत्रमा नै खोजेकी थिइन । उनले १४ बर्षको उमेरमा देव आनन्दको चलचित्र ‘हम नौजवान’का काम गरेकी थिइन् । डायरेक्टर साजिद नाडियाडवालासँग डेट गरिसकेकी तब्बूको नाम एक पटक साउथ स्टार नागार्जुनसँग पनि जोडिएको थियो ।
निकै लामो समय प्रेमसम्बन्धमा रहेपनि तब्बू र नागार्जुन भने एक हुन सकेका थिएनन् । नागार्जुन पहिला देखी नै विवाहित थिए र उनले आफ्नो पत्नीलाई सम्बन्धविक्षेद गर्न नसक्ने भएपछि तब्बूले नै नागार्जुनलाई छोडेकी थिइन । उनी अहिलेसम्म भने अविवाहित नै छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१