चीनबाट एमबिबिएस सकेका विद्यार्थी संकटमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १४:०९

doctorकाठमाडौं, । चीनबाट एमबिबिएस अध्ययन पूरा गरी नेपालमा इन्टर्नसिपका लागि तयारी गरेका करिब एक हजार विद्यार्थीको भविष्य संकटमा परेको छ । स्वास्थ्य, शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योलपूर्ण बनेको हो ।

सरकारी छात्रवृत्ति, चिनियाँ दूतावासको सांस्कृतिक कोटा र निजी खर्चमा त्यहाँ पुगी अध्ययन गरेर नेपाल फर्केका २१ जना र चीनमै अलपत्र परेका करिब ९ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ । तर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिमा अध्ययनका लागि नेपाली विद्यार्थी धमाधम चीन पुग्ने क्रम जारी छ । नेपालमा इन्टर्नशिप गर्न नपाइने भए पनि त्यसबारे जानकारी नदिई दलाले निजी खर्चमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन पठाएका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१