अन्तराष्ट्रिय मञ्चमै भारतले नेपालमाथी धावा बोल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार १२:२९

csm_ap07100207832_08b22a252e

काठमाडौं, १९ कार्तिक । नेपाल र भारत अन्तराष्ट्रिय फोरममा पहिलो पटकह टक्कराएका छन् । जेनेभामा भएको अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी कार्यक्रममा नेपालले भारतमाथी र भारतले नेपालमाथी निशाना साँधेका छन् ।
भारतले अन्तराष्ट्रिय कानुनको उलंघन गर्दै भूपरिवेष्ठित मुलुकले पाउने अधिकारमाथी हस्तक्षेप गरेर मानवताविरोधी कार्य गरेको नेपालका परराष्ट्रमन्त्री कमल थापाले कुरा उठाए लगतै भारतले युद्धकालिन मुद्दादेखि तराई आन्दोलनसम्मको कुरा उठाएको छ ।
जेनेभा कार्यक्रममा भारतले मधेसी जनताको अधिकारका लागि आन्दोलनमा उत्रेका जनतालाई सरकारले गोली ठोकेको बताएको छ । ‘द्धन्दकालका कुरा छोडौ भर्खर मात्र मधेस आन्दोलनमा ४५ जनाको ज्यान गएको छ, मर्नेमा अधिकाँस सर्वसाधरण छन् ।
भारत पहिलो पटक नेपालबिरुद्ध कडारुपमा अन्तराष्ट्रिय समुदायमा प्रस्तुत भएको छ । द्धन्दकालमा हत्या गरिएका निर्दाेष परिवारलाई राहत र दोषीलाई कारवाही गर्नुपर्ने जिकिर पनि भारतले गरेको छ । उसले नेपालको मानवअधिकारको अवस्था निकै नाजुक भएको झुट पनि अन्तराष्ट्रिय समुदायलाई दिएको छ ।
त्यसैगरी भारतले नेपालमाथी नाकाबन्दी नगरेको बताउँदै मधेस आन्दोलनकारीका कारण सवारी साधनहरु आवज जावत गर्न नसकेको बताएको छ । ‘नाकाबन्दी भएको होइन, नेपालको आन्तरिक कारणले समस्या आएको हो’ जेनेभा कार्यक्रममा भारतले भन्यो ‘भारतले कुनै नेपालमाथी अन्तराष्ट्रिय अपराध गरेको छैन, त्यो नेपालकै आन्तरिक समस्या हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१