तपाईको राशि कुन रु यस्तो पहिरन ठिक हुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार ०८:२५

Rashifalपत्रिका हेर्दा तपाईको पहिला नजर राशिफलमा पुग्छ हो कि होइन रुतपाईलाई लाग्न सक्छ, तपाईलाई राशिफलमा खासै विश्वास छैन । त्यहि पनि तपाईको आँखा एक न एक चोटी राशिफलमा पुगेकै हुन्छ ।

कसै कसैको कुरा गर्ने हो भने त राशिफल नहेरी उनीहरुले दैनिक काम शुरु पनि गर्दैनन् । यो सामान्यतया धेरैले गर्ने गर्छन् । त्यसो त राशिफलले तपाईको फेशन अनि जीवनशैलीलाई प्रभाव पार्छ कि पार्दैन त रु ज्योतिषशास्त्र अनुसार यसले पार्छ । हामीले यहाँ राशिफल अनुसारको पहिरन कसरी लगाउने भन्ने कुरालाई प्रस्तुत गरेका छौँ ।

मेष
मेष राशि भएका मानिसहरु केहि जिद्दि र दृढ निश्चयी हुन्छन् । यो राशि भएकाहरुले आफ्नो कुरा सिधा भन्छन् । यीनिहरुको बानीव्यहोरा जस्तै यो राशि भएका मानिसहरुको पहिरन पनि त्यस्तै खालको हुन जरुरी छ । मेष राशि भएका मानिसहरु पहिरनको सवालमा अलिक एक्सपेरिमेन्टल हुनुपर्छ । खासगरि यो राशि भएका मानिसहरुले केहि उज्यालो खालको पहिरन लगाएमा राम्रो हुन्छ ।

वृष

वृष राशि भएका मानिसहरु धैर्यवान हुन्छन् । धैर्य नै यो राशि भएका मानिसहरुको सबैभन्दा ठुलो तागत हो । यो राशिका मानिसहरु पनि जिद्दि स्वभावकै हुने भएकोले त्यस्तो जिद्दिपन तपाईको पहिरनमा पनि देखिन आवश्यक छ । तपाईले यस्तो पहिरन रोज्नुस् जुन कुरा आफुलाई मन परेको होस् । खासगरि साधारण खाले पहिरन यो राशि भएकालाई बढि फिट देखिन्छ ।

मिथुन

मिथुन राशि भएकाहरुको चिन्ह भनेको ट्विन्स अर्थात जुम्ल्याहा हो । यस्तै कुराले यो राशिलाई परिभाषित गरिन्छ । यो राशि भएका मानिसहरु भर्सटाईल अर्थात बहुआयामिक हुन्छन् । यो राशि भएका मानिसहरुले पुर्वी र पश्चिमी सँस्कारका पहिरनहरु आपसमा मिलाएर लाउँदा राम्रो हुन्छ ।

कर्कट

अन्तरमुखि स्वभाव कर्कट राशिको विशेषता हो । र, यो राशि अरु राशि भन्दा बढि कलात्मकतामा विश्वास गर्छ । यो राशिका मानिसहरु केहि भावुक पनि हुने भएकोले त्यस्तै खालको पहिरन रोज्नुपर्छ । भावुकता र कलात्मकता झल्कने पहिरन छान्नुहोस् । खासगरि यो राशि भएका मानिसहरुको पहिरनमा उच्च वर्ग झल्किन्छ ।

सिंह

चम्किलो, अलि अलि भड्किलो, गर्विलो र देखाउनुपर्ने स्वभाव यो राशिका मानिसहरुमा हुन्छ । अरुको ध्यान आफुतर्फ आकर्षित गर्ने खालको बानीव्यहोरा सिंह राशि भएका मानिसहरुको हुने भएकोले त्यस्तै पहिरन यो राशिको मानिसहरुको रोजाईमा पर्छ ।

कन्या

यो राशि भएका मानिसहरु केहि लाज मान्ने र धैर्यवान स्वभावका हुन्छन् । तर कहिँले काँहि तपाईको व्यवहारिकता र समझदारीपनले दोस्रो कुरालाई बढि नै भारी पर्न सक्छ । मतलब, प्राक्टिल क्लोदिङ तपाईको लागि सबैभन्दा उत्तम हो । यो राशि भएका मानिसहरुले मौका अनुसारको पहिरन लगाउन खोज्छन् ।

तुला

तुला राशि भएका मानिसहरुको जीवन निकै सन्तुलित भएको मानिन्छ । यो राशि भएकाहरुको ड्रेस सेन्समा केहि प्राकृतिक कुराहरु झल्किन्छ । लाईनदार पहिरन यो राशि भएकाहरुको रोजाईमा बढि पर्छ ।

वृश्चिक

प्यासनेट, गतिशिल र निकै चार्मिङका साथै सामान्य कुराले पनि तपाईको मन जित्न सक्छ । एक्सपेरिमेन्टल क्लोदिङ तपाईकै लागि हो । यो राशि भएकाहरुले आफु सुहाउँदो जस्तो पहिरन पनि लगाउँछन् ।

धनु

यो दुनिँया नै तपाईको लागि बनेको हो । यो राशि भएका मानिसहरुले नियमको पालना गर्ने विषयमा खासै विश्वास गर्दैनन् । र, यो राशि भएकाहरुको कपडामा पनि अलग खालको स्टाईल जरुरी हुन्छ । सामान्यतया चलिरहेको पहिरनको शैलीभन्दा फरक शैली यीनीहरुले रुचाउँछन् ।

मकर

मानिसहरु पहिरनको सवालमा यो राशि भएकाहरुलाई गलत सम्झन सक्छन् । कारण, यो राशि भएकाहरुले खासगरि केहि पुरानो शैलीको पहिरनलाई बढि रुचाउने गर्छन् । क्लासिक परिहनले नै आफु स्मार्ट र सेक्सी देखिन्छु भन्ने विश्वास यीनीहरुलाई हुन्छ ।

कुम्भ

यीनीहरु आफुदेखि आफै मख्ख हुने खालका हुन्छन् । आफ्नो बारेमा धेरै कन्सस हुने यो राशिको प्रवृत्ति हो । त्यसैले यो राशि भएकाहरुले ड्रेसको बारेमा पनि धेरै कन्सस हुने भएकोले सफा, साधारण र प्राकृतिक लुक्स दिने खालका पहिरनहरु रुचाउँछन् ।

मीन
मीन राशि भएकाहरु सपना देख्नेहरु हुन् भनेर तपाई भन्न सक्नुहुन्छ । तर उनीहरुको काम सपना देख्नु मात्रै भने होईन । यीनीहरु निकै सेन्सेटिभ खालका हुन्छन् । त्यसैले यीनीहरुलाई ट्रेन्ड फलो गर्न थोरै मुश्किल पर्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१