यी पाँच व्यक्ति, जसलाई फेसबुकमा कहिल्यै साथी नबनाउनुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार ०७:५८

फेसबुक एउटा यस्तो माध्यम बनिसकेको छ, जहाँबाट मानिसहरु एकअर्कासँग जोडिन्छन् । साथी होस् वा परिवारको सदस्य जो कोहीलाई पनि फेसबुकमा भेटिन्छ । यस हिसाबले यो एउटा परिवारजस्तै बनिसकेको छ ।

Facebook-photo

फेसबुकमा विभिन्न सोंच, शैली र व्यवहार भएका मानिसहरु भेटिन्छन् । मानिसहरु सबै राम्रै उद्देश्यले फेबुकमा जोडिएका हुन्छन् भन्ने छैन । कतिपय गलत नियतले पनि यहाँ आएका हुन्छन् । आज हामी तपाईंलाई ५ प्रकारका मानिसबारे जानकारी दिँदैछौं, जसलाई फेसबुकमा साथी नबनाएकै राम्रो ।

 

सबैको ध्यान आफैँमा केन्द्रित गर्न खोज्ने

फेसबुकमा तपाईंको फ्रेण्ड लिस्टमा कोही यस्तो साथी हुनसक्छ, जो हमेसा आफूतर्फ सबैको ध्यान खिच्ने प्रयास गरिरहन्छ । यस्ता मानिसहरु लाईक र कमेन्ट बटुल्न जस्तोसुकै स्टाटस पनि अपडेट गर्छन् । जस्तै: ‘त्यो अन्तिम पटक थियो, जब मैले कसैलाई विश्वास गरेँ !’ यसपछि साथीहरु कमेन्टमा के भयो भनेर सोध्न थाल्छन् । धेरैको ध्यान आफूतिर तानिन्छ । तर, ऊ भने जवाफ दिनुको साटो कमेन्ट र लाईक हेरेरै मख्ख हुन्छ । यस्ता स्टाटस कतिपयले प्रसंगबस अपडेट गरेका पनि हुनसक्छन् । तर, बारम्बार यस्तै स्टाटस राखिरहन्छन् भने बुझ्नुपर्छ, ऊ Attention Seeker हो ।

 

स्कूल ट्रिक्सबाट आउने

फेसबुकमा तपाईंले कतिपय फ्रेण्ड रिक्वेस्टसँगै मेसेज पनि पाउनुभएको होला, जस्तो कि: ‘के छ खबर ? मलाई चिन्यौ ? हामी एउटै स्कूलबाट हो नि !’ तर, ऊ न तपाईंसँगै एउटै स्कूलमा पढेको हुन्छ, न त पहिले चिनेको नै । यस्ता व्यक्तिहरुलाई सकेसम्म साथी नबनाउनु नै बेस ।

 

प्रचारमुखी

फेसबुकमा कतिपय यस्ता पनि हुन्छन्, जो भएभरका कुरा दिनभरी अपडेट गरेर बस्छन् । तपाईंको फेसबुक वाल नै उसकै पोस्ट र तस्वीरहरुले भरिन्छ । यद्यपी तपाईंलाई भने यस्ता कुरासँग कुनै सरोकार नै हुँदैन । यस्ता व्यक्तिलाई पनि सकेसम्म फ्रेण्ड लिस्टमा नराखेकै राम्रो ।

 

आफ्नैमात्र बखान गर्ने

कतिपय मानिस यस्ता पनि हुन्छन्, बिहान जुरुक्क उठेर ‘म उठेँ’ भनेर स्टाटस हाल्छन् । खाना खाने बेलामा पनि उसकै पोस्ट पहिले आउँछ । दिउँसो कहाँ छु, बेलुका के खाएँ आफ्ना यस्ता पर्सनल अपडेटहरु दिनभरी नै फेसबुकमा लेखेर बस्ने साथीसँग पनि सकेसम्म फेसबुकमा नजोडिनुस् ।

 

वास्तविकतामा टाढा भइसकेको व्यक्ति

यस्ता व्यक्ति जोसँग तपाईं वास्तविक जीवनमा निकै टाढा भइसक्नुभयो । जस्तो कि पूर्वप्रेमी-प्रेमीका, अथवा छुटेको कुनै नजिकको साथी जोसँग तपाईंको वास्तविक जीवनमा सम्बन्ध तोडिएको हुन्छ, उसलाई आजै फ्रेण्ड लिस्टबाट हटाउनुस् । किनकी उसका दैनिक गतिविधि, तस्वीरहरु देखेर तपाईंलाई दिनदिनै नराम्रो मात्रै लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१