बलिउडमा अभिनेतासरह नै पारिश्रमिक पाउनुपर्ने माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार ०७:३४

manoranjan-1बलिउडमा पनि एकाध वर्षयता लैंगिक समानताको मुद्दा जोडतोडले उठ्न थालेको छ। कंगना रानावत, दीपिका पादुकोण जस्ता पछिल्लो पुस्ताका चल्तीका नायिकाहरू कामका आधारमा आफूहरूले पनि अभिनेतासरह नै पारिश्रमिक पाउनुपर्ने माग गर्न थालेका छन्।
पुरुष कलाकारको भन्दा महिलाको पारिश्रमिक अत्यन्त न्यून हुनुले पनि विभेद देखिएको टिप्पणी गर्दै आएका छन्, धेरैजसोले। मनलाग्दी बोल्न धक नमान्ने नायिका सोनम कपुरको भनाइ भने यसबारे पनि अरूहरूको भन्दा केही पृथक् छ। उनी असमानता भयो, महिला हेपिए भनेर कुर्लिनुको साटो कम पैसाको अफर आउने फिल्म नै नगर्न सल्लाह दिएकी छन्। भनेकी छन्, ‘उनीहरू जो सधैं समानता भएन, लैंगिक विभेद भयो भनेर गुनासो मात्रै गरिरहन्छन्, तिनीहरूप्रति टीठ लाग्छ।
मलाई लाग्छ, यदि तपाईंको काम तपार्इंलाई लागेको पारिश्रमिकको हकदार छ भने त्यसका लागि लड्नुस्। यदि पाउनुभएन भने कामै नगर्नुस्। कसैले तपाईंलाई उचित रकम नै दिएको जस्तो लाग्दैन भने त्यस्ता मान्छेसँग किन काम गर्नेरु’ उनले कम पारिश्रमिकमा काम पनि गर्ने अनि गुनासो पनि जोडतोडले मच्चाउनेप्रति असन्तुष्टि पोखिन्। केही समयअघि ‘पिकु’ नायिका दीपिकाले यस्तै असन्तोष व्यक्त गरेकी थिइन्। उनले महिला कलाकारलाई पुरुषको दाँजोमा कम पारिश्रमिक दिने गरेको गुनासो सार्वजनिक रूपमै गरेकी थिइन्।
सायद यति बेला सोनमको काउन्टर उनैप्रति लक्षित छ। त्यसो त बलिउडमा समकालीन नायिकाहरू एकले अर्कालाई कटाक्ष गर्नमा सिपालु मानिन्छन्। सोनमले आफ्ना धारणा राख्ने क्रममा आफू भने पूर्णतस् महिलावादी नै रहेको ठोकुवा गरेकी छन्। ‘म पूरै महिलावादी हुँ र यसो भन्दा मलाई कुनै लाज लाग्दैन,’ उनले भनेकी छन्, ‘महिलावादी हुनु भनेको केटा र केटीबीचको मात्रै कुरा हैन। बरु आफूलाई लागेको सत्य कुरा नडराई भन्नु र अडान लिनु हो।’
(कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१