काठमाडौँ। नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला समेत योजना आयोगको उपाध्यक्ष थिए। उपाध्यक्ष छाडेर उनी गभर्नर भएका थिए।
बैठकमा मधेस आन्दोलन, भारतीय पक्षले लगाएको नाकाबन्द, आपूर्ति सहज गर्ने उपाय तथा चीनबाट इन्धन खरिद प्रकियाबारे छलफल भएको थियो।
बुधबारको बैठकले तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको छ ।
मधेसी मोर्चाको माग बमोजिमत वार्तालाई सहज बनाउन सरकारले यो निर्णय गरेको हो । शहीद घोषणाको माग भने पूरा हुन बाँकी छ । सरकारले त्यसमा सहमति जनाइसकेको छ
प्रतिक्रिया