‘जज्बा’ असफल भएपनि निराश छैनन् ऐश्वर्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ कार्तिक २०७२, बुधबार ११:३९

img_6460करिब ५ बर्षपछि चलचित्र ‘जज्बा’ मार्फत बलिउडमा पुनरागमन गरे पनि उक्त चलचित्र असफल हुँदा बलीउड अभिनेत्री ऐश्वर्या राय निराश हुनुपरेको छ । जज्बाले बक्स अफिसमा सन्तोषजनक व्यापार नगरेपनि ऐश्वर्याको माग भने ह्वात्तै बढेको छ ।

चलचित्रमा आफ्नो माग सोचेभन्दापनि राम्रो तरिकाले बढेपछि उनी निराश भने हुनुपरेको छैन । ऐश्वर्याले एकै पटक दुई नयाँ चलचित्रमा अभिनय गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्ने पक्का भएको छ । सुजय घोषका दुई चलचित्रमा अभिनय गर्न ऐश्वर्या उत्साहितसमेत छिन् ।

‘दुर्गा रानी’ तथा जापानी उपन्यास ‘द डेवोसन अफ सस्पेक्ट एक्स’ मा आधारित अर्को एउटा चलचित्रमा ऐश्वर्याले मुख्य भूमिका निर्वाह गर्नेछन् । यतिबेला करण जौहरको ‘ऐ दिल है मुस्किल’ को छायांकनमा व्यस्त ऐश्वर्याले उमंग कुमारको नयाँ चलचित्रमा समेत अभिनय गर्ने लगभग पक्का भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१