चर्चामा अनुष्का र कोहलीको विवाह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ कार्तिक २०७२, बुधबार ०६:२४

manoranjan_viraatकेही दिनयता बलिउडमा अभिनेत्री अनुष्का शर्माको विवाहको प्रसंगले व्यापक चर्चा पायो । भारतीय क्रिकेटर विराट कोहलीसँग अनुष्काले छिटै विवाह गर्ने कुरा सनसनी भयो ।

तर, यो सनसनी झुटो भएको अनुष्काले बुधबार प्रस्ट्याएकी छिन् । ‘अहिले अनुष्का फिल्मको सुटिङमा व्यस्त छिन्,’ उनीनिकट स्रोतको हवाला दिँदै भारतीय मिडियामा फेरि समाचार बनेको छ, ‘उनले तत्काल विवाह गर्ने सम्भावना छैन ।’ तर, यसअघि अनुष्का र विराट विवाहपछि बस्न नयाँ घर खोजिरहेका छन् भन्नेसमेत खबर आएको थियो ।

विराट, अनुष्का र उनका बाबु अजयकुमार शर्मा एउटा रेस्टुरेन्टबाहिर सँगै देखिएपछि उनीहरूको विवाह हुने खबरले तहल्का मच्चाएको थियो । त्यतिवेला भनिएको थियो, ‘विवाहको मिति तय गर्न उनीहरूको भेटघाट भएको हो ।’ अनुष्काले तत्काल विवाह गर्ने कुरालाई खण्डन गरेपछि यी दुईको आगामी वर्षसम्ममा विवाह हुने अड्कलबाजी सुरु भएका छन् ।

(नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१