भारतीय हस्तक्षेप विरुद्ध काठमाडौँमा हस्ताक्षर अभियान चलाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार ०८:४८

Reporters-Clubकाठमाडौँ ।

भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीकोविरोधमा एक नेपाली युवाले १ लाख हस्ताक्षर संकलन गर्ने अभियान सुरु गरेका छन् ।

भारतबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थसहित अत्यावश्यकीय सामाग्रीमा लगाईंदै आएको नाकाबन्दीको विरोधमा सन्तोषबाबु लोहनी नामका युवकले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

एक स्वाभिमानी नेपालको नाताले आफूले सुरु गरेको यो अभियानमा १ लाख हस्ताक्षर जुट्ने उनको विश्वास छ । संकलित हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने योजना रहेको उनले बताए ।

हस्ताक्षर संकलन अभियान यही कात्तिक २१ गते शनिबार रत्नपार्क शान्तिबाटिकामा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

प्रेश विज्ञप्ती यस्तो छ :
दुई वृहत राष्ट्र चिन र भारतको विचमा अबस्थीत सुन्दर शान्त विशाल प्राकृतिक रुपमानै निकै सुन्दर देश नेपाल अनी स्वाभीमानी हामी नेपाली !! बिश्वमा नभएको विभिधता हाम्रो देश नेपालमा छ । हिमाल देखी पाहाड हुदै तराई सम्म फैलेको हाम्रो देश नेपाल अनेकैं जात जाती भाषा भाषी विभिन्न धर्ममा विश्वास गर्ने कर्मठ नेपाली बस्ने र हजारै बर्ष देखीको इतिहास बोकेको हाम्रो देश नेपाल हामी नेपाली विच अनेक बाधा व्यावधानहरु आइनै रहन्छन तर इतिहास साक्षी छ । नेपालीहरु जस्तो सुकै बाधा हरुलाई सामना गर्ने नेपालीहरुमा बलियो साहस छ । नेपालीहरुको सोही साहसले राणा कालको अन्ते गराउदै पञ्चायती बेबस्थालाई विस्थापीत गरेर २०६२।०६३ सालको जन आन्दोलनको उपलब्धी बाट नेपाललाई गणतान्त्रीक नेपाल बनाउन सफल भयौं । साथै लामो प्रयास पछी बषैं देखी नेपाली जनताले चाहेको नेपाली जनताले चुनेको संविधान सभा बाट ९० प्रतिशत संविधान सभाका सदस्यहरु बाट पारित संविधान प्रति असहमती जनाउदै आफ्नो सिमित स्वार्थका कारण भारतले नेपाली जनताका दैनिक उपभोग्य बस्तु आयातमा अघोषित नाकाबन्दी गरेर सोझा साझा स्वाभिमानी नेपालीलाई दुख दिने काम गरेको छ । आज भारतले लगाएको नाकाबन्दीले सारा नेपालीले चरम दुख भोग्न बाध्य बनेका छन् । यति सम्मकी एउटा भूपरीबेस्टीत राष्ट्रले पाउनु पर्ने सुविधा पनी कुन्ठीत भइको छ । भारतले गरेको अघोषित नाकाबन्दीले सार्क राष्ट्रको भावना विपरित सार्क राष्ट्रले पाउने सुविधा समेत कुन्ठित गरेको छ । भारतले लगाएको नाकाबन्दीले हामी नेपालीलाई कती सम्म दुखःकष्ठ भएको छ मैले भनि राख्नु पर्ने कुनै जरुरी छ्रैन । आज नेपाल राष्ट्र बासीले यो समस्या भोग्नु परेको छ । नाका बन्दीकै कारण आज उद्योग धन्दा बन्द भएको छ । यति सम्मकी आज अस्पतालमा विरामीले अक्सीजन नपाएर छट्पटाई छट्पटाई मर्ने अवस्था आई सकेको छ । यो सव भई रहदा म एक स्वाभिमानी नेपाली भएको हुनाले चुप लागेर बस्न सकिन तेसैले नाकाबन्दीको विरुद्धमा म नेपाली भएको नाताले केही गर्नु पर्छ भन्ने मनमा एउटा भावना आएर भारतले गरेको नाकाबन्दीको विरुद्ध नेपाली जनताको तर्फबाट विरोध स्वरुप १ लाख जनताको हस्ताक्षर गरेर संयूक्त राष्ट्र संघ पठाउने यो अभियान कुनै एउटा पार्टी बर्ग जात जाती धर्म संग सम्बन्धित नभई पार्टी भन्दा माथी उठेर हामी नेपाली भएको नाताले सारा नेपालीले भारतले नेपाल माथी लगाएको अघोषित नाका बन्दीको विरुद्धमा हस्ताक्षर अभियानमा सहभागी हुनुहुनेछ भन्ने दृड बिश्वास राखेको छु । सम्पूर्ण राष्ट्र प्रेमी नेपाली दाजु भाई दिदि वहिनी आमा बुबा भाई बैनी साथीभाई हरुलाई यो हस्ताक्षर अभियानमा सहभागी हुन विनम्र अनुरोध गर्देछु ।
जननी जम्म भुमिस्च स्वार्ग दपी गरीयसी ।
“सबै भन्दा माथी नेपाल राष्ट्र”
आयोजक,
सन्तोष बाबु लोहनी

मिति ः २०७२/०७/ २१ शनिबार
स्थान ः शान्ति बाटिका रत्नपार्क
समय ः विहान ७ बजे देखी साझ ६ बजे सम्म
विस्तृत जनकारीका लागी सम्पर्क नं. ९८५१०१३८८६ र ९८०८७६९३५०

प्रतिक्रिया