काजोल देवगन भन्छिन ‘मलाई अभिनेतासँग विवाह गर्नु थिएन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार ०६:५५

Kajol_2014बलिउड अभिनेत्री काजोल देवगनले अभिनेता अनुपम खेरको कार्यक्रम ‘द अनुपम खेर सो’मा नयाँ खुलासा गरेकी छिन् ।
अनुपमको कार्यक्रमको अन्तिम शृंखलामा काजोलले भनेकी छिन्, ‘मलाई अभिनेतासँग विवाह गर्नु थिएन । यो विषयमा मैले बारम्बार आमालाई भनेकी पनि थिएँ ।’
काजोलले आफूले अभिनेतासँग विवाह गर्नेबारे नसोचेको बताएकी छिन् । तर, उनले चाहेको भएन, २४ फेबु्रअरी १९९९ मा उनको विवाह बलिउड अभिनेता अजय देवगनसँग भयो । ‘मैले ममीलाई भनेकी थिएँ, तर भनेको कुरा भएन, म यो विषयमा बोल्न चाहन्नँ,’ उनले भनेकी छिन् ।
अहिले काजोल फिल्म ‘दिलवाले’को प्रोमोसनमा व्यस्त छिन् । यो फिल्ममा काजोलसँगै शाहरुख खान पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१