महिलाको बाँझोपन रोक्न उपयोगी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार ०६:३५

anar-590x330बाँझोपनका कारण धेरै महिलाले समस्या भोगिरहेका हुन्छन् । सन्तान जन्माउन नसक्दाकै कारण नेपाली समाजमा महिलाले ठुल्ठूला यातना भोग्नुपरेका घटना पनि सार्वजनिक हुने गरेका छन् । तर, बाँझोपन रोक्न चिकित्सकले महिलाका लागि केही घरेलु उपचार सुझाएका छन् । बाँझोपन रोक्न मद्दत गर्ने तीन चिज यस्ता छन् स् अनार स् अनारले महिलाको गर्भाशयको रक्तप्रवाहलाई वृद्धि गर्छ । नियमित अनार खाने महिलाको गर्भाशयको मुख मोटो हुन्छ, जसले गर्भपातको सम्भावनालाई कम गर्न सहयोग गर्छ । अनारमा पाइने तत्त्वले भू्रणलाई स्वस्थ विकास गर्न मद्दत गर्छ । अनारको दाना र बोक्रालाई बराबर गराएर चूर्ण बनाई एक ग्लास पानीमा आधा चम्चा मिलाई केही हप्तासम्म दिनको दुईपटक खानाले निकै फाइदा गर्छ । छोकडा स् नियमित छोकडा खानाले महिलाको गर्भधारण क्षमता बढ्छ । छोकडामा भिटामिन ए, ई, बीसहित अन्य खनिज पदार्थ पाइन्छन्, जुन गर्भावस्थादेखि बच्चाको जन्मसम्म आवश्यक पर्छ । धनियाँको जराको दुई चम्चा पाउडरमा १०–१२ छोकडाका दाना पिनेर बनाएको पाउडर मिलाएर पेस्ट बनाउने । यसलाई तीन–चार कप दूधसँग उमाल्ने । महिलाले महिनावारी भएको अन्तिम दिनदेखि एक हप्तासम्म दिनको एकपटक लगातार सेवन गर्नु निकै लाभदायी हुन्छ । दैनिक ६–७ दाना छोकडा त्यत्तिकै खाँदा पनि राम्रो हुन्छ । दालचिनी स् दालचिनीले डिम्ब ग्रन्थीलाई सही ढंगले काम गर्न मद्दत गर्छ । महिलाको बाँझोपनविरुद्ध लड्ने शक्ति दालचिनीमा हुन्छ । एक गिलास तातो पानीमा दालचिनीको एक चम्चा पाउडर मिसाएर केही महिनासम्म दिनको एकपटक खानाले राम्रो गर्छ । दालचिनीलाई खानाका अन्य परिकारमा मिसाएर खान पनि सकिन्छ । तर, विचार पुर्‍याउन जरुरी छ, यसको मसला दिनमा दुई चम्चाभन्दा बढी सेवन गर्नुहुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१