सफल हुन मन छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार ०६:३२

success-660x330सफल हुने चाहना कसलाई पो नहोला र रु तर, सफल हुने अभिलाषामा हामी कहिलेकाहीँ अनावश्यक काम गर्न पनि पछि पर्दैनौँ । सफल हुने चाहना राख्ने र सफल व्यक्तिले भने अनेक इच्छा पाल्दैनन् । सफल हुन चाहनेले यस्तो गर्दैनन् स्
सफलता चाहने व्यक्तिलाई ‘फिडब्याक’ कुर्न कुनै समय नै हुँदैन । उनीहरू आफ्नो काम लागातार गरिरहन्छन् । समयमा काम सक्ने हतारो उनीहरूमा हुन्छ । उनीहरू हाकिमले बधाई दिओस् भनेर समय खर्चंदैनन् । नयाँ काम सुरु गरिहाल्छन् ।
सफल व्यक्तिहरूको अर्को गुण हो, उनीहरू तत्काल ‘क्रेडिट’ खोज्दैनन् । आफ्नो काम पूरा गर्ने मात्र उनीहरूको लक्ष्य हुन्छ । राम्रो कामका लागि उनीहरू तत्काल प्रशंसा पनि चाहँदैनन् र कामको श्रेय आफू मात्र पनि लिन चाहँदैनन् । सफल व्यक्तिहरू ‘टिमवर्क’मा विश्वास गर्छन्, त्यसैलाई सफलताको श्रेय मान्छन् ।
आफूले गरेको प्रतिबद्धता नतोड्नु पनि सफल मानिसको गुण हो । बरु, सफल मानिसहरू असफल हुने प्रतिबद्धता नै बनाउँदैनन्, उनीहरूले गरेको वाचा पूरा गरेरै छाड्छन् । यही कारण उनीहरूले विश्वास जित्छन् ।
सफल व्यक्तिहरूलाई आफ्नो कामबारे जानकारी त हुन्छ, तर उनीहरू आफ्नो काम होइन भन्ने बाहना बनाएर कामबाट पन्छिन खोज्दैनन् । सफल व्यक्तिहरू ‘टिमवर्क’मा विश्वास गर्ने भएकाले जस्तोसुकै परिस्थितिमा पनि नयाँ काम सम्हाल्न तयार हुन्छन् । नया पत्रिकाबाट

प्रतिक्रिया