काठमाडौँ , २९ जेठ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीहरुलाई उपलब्ध गराउने भएको छ ।यसवर्षको एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने छ ।जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।साथै, जिएसएम पोष्टपेड र प्रिपेड मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर पनि सेवाग्राहीहरुले नतिजा प्राप्त गर्न सक्नेछन् ।मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट slc.ntc.net.np
मार्फत प्राप्त गर्न सकिने टेलिकमले बताएको छ ।
प्रतिक्रिया