काठमाडौँ। भारतीय नाकाबन्दीको बिरोधमा सामाजिक संजाल ट्वीटरमा नेपालीहरुले शसक्त बिरोध गरिरहेका छन् । ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।मोदी सरकारको यो कदमप्रति भारतभित्रै पनि बिरोध भइरहेको छ । यतिबेला भारतीय नागरिकहरुले नेपालमा भएको नाकाबन्दीको बिरोधमा ट्वीटर अभियान थालेका छन् ।#ModiHimalayanBlunder ह्यासट्याग भारतमा ट्रेन्डिङ भइरहेको छ । भारतको नाकाबन्दीले नेपालले चीनको सहयोग लिन वाध्य भएको भन्दै मोदी विदेश नितिमा नराम्रोसँग चुकेको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया