कुकुर बचाउन अपार्टमेन्ट बेच्ने सुन्दरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ११:४३

animal-loverतपाई आफ्नो कुकुरलाई कतिको माया गर्नुहुन्छ । एक सर्बियाली महिलाले आफ्नो कुकुरको उपचारका लागि आफ्नो अपार्टमेन्ट र सामान बेच्ने घोषणा गरेकी छिन् । ३५ वर्षकी तान्जा जान्कोभिच जागोडिना शहरकी हुन् । उनले आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर जीवन मरणको अवस्थामा पुगेको आफ्नो कुकुर लियोलाई बचाउने निर्णय लिएकी छिन् । उनले आफ्नो कुकुरलाई बचाउनका लागि आफ्ना सामान किनिदिन आग्रह गर्दै सर्बियाको चर्चित वेभसाईटमार्फत आग्रह समेत गरेकी छिन् । उनको कुकुरको भल्व बिग्रिएको छ । त्यसैकारण उनको कुकुरको मुटुमा रक्तसञ्चार राम्रो हुन सकेको छैन् । कुकुरलाई जोगाउने एउटै उपाय भनेको शल्यक्रिया हो । तान्जाले सबैभन्दा पहिलो आफ्नो वासिंग मेसिन १ सय ५० डलरमा बेच्न चाहेकी छिन् । तर उनले त्यसका लागि ग्राहक फेला पारेकी छैनन् । लियोको उपचारका लागि त्यसभन्दा बढी खर्च लाग्नेछ । कुकुरको उपचारका लागि १ सय ९० अमेरिकी डलर खर्च हुने भएका कारण उनले अपार्टमेन्ट नै बेच्न चाहेकी छिन् । अपार्टमेन्ट बेचेको पैसाले उनले लियोको शल्यक्रिया त गर्नेछिन् नै त्यसबाहेक लामो समय लियोको उपचारका लागि आवश्यक पर्ने ध्यानका लागि समेत रकम जोहो गर्न पाउनेछिन् । उनले भनेकी छिन्, यो केवल एक कोठा सहितको अर्पाटमेन्ट हो । तर यसले शल्यक्रिसहित बाँकी रकम जोहो गर्न सघाउ गर्नेछ । उनले लियो ठिक हुदाँसम्म आफ्नो जीवन सुखी र खुसी रहेको भन्दै त्यस्तो जीवन फिर्ता पाउन बाँकी सबै त्याग्न तयार रहेको बताएकी छिन् । अहिलेसम्म उनको अपार्टमेन्ट बिक्री भएको छैन् । तर त्यसलाई धेरैले फेसबुकमा शेयर गरेका छन् । लियोको उपचार सुरु गर्नका लागि उनले केही रकम सहयोग पाइसकेकी छिन् ।ratopati

प्रतिक्रिया