पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोको सम्मान पाए पण्डितले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार १७:५९

12204772_10208268486689015_2085301318_nकाठमाण्डौ । कृतिमानी विश्व पर्वतारोही अल्ट्रा म्याराथुन धावक संजय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद्ले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट आईतवार सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले नगद २५ हजार सहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै सदस्य–सचिव बिष्टले पण्डित देशकै गौ्रव भएको बताउदै हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएको हुनाले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोको उपमा प्रदान गरिएको जानए ।

सदस्य–सचिव बिष्टले अन्ट्राटिका महादेशको भिन्सन यात्रामा सरकार सामु सहयोगका लागि सिफासिर गर्ने प्रतिबद्ता जनाए । पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा प्राणघातक हिमालले चिनिने मनास्लुबाट यात्रा सुरु गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय शिखरहरुमा अफ्रिकाको उच्च शिखर किलिमान्जारो,युरोपको उच्च शिखर एलबु्रस,अष्ट्रेलियाको उच्च शिखर कोजियस्को,दक्षिण अमेरिकाको उच्च शिखर गुवा, जापनका उच्च शिखर एकाङकागुवा र फुजिमा तथा अमेरिकाको उच्च शिखर डेनाली जस्ता हिमश्रृङखलामा सफलता साथ आरोहण गरि सकेका छन् ।

अब पण्डितले अन्ट्राटिका महादेशको भिन्सन मासिफ यसै बर्षको अन्य तिर आरोहण गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१