“भारत सरकारले नेपाल विराेधी भिडियाेकाे प्रचार गर्नु गम्भीर हस्तक्षेप”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार १७:४९

काठमाडौं, १५  कात्तिक । तीन दिन अगाडि भारतको बिदेश मन्त्रालयले आफ्नो आधिकारीक युट्युब एकाउण्टमा राखेको भिडियोको नेपालमा बिरोध शुरु भएको छ ।

भारतको यो कदमको अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भैरहेको छ । यसलाई अधिकांशले भारतको गम्भिर हस्तक्षेपका रुपमा लिएका छन् । मधेश आन्दोलनलाई भारतको सहयोग मिलिरहेको चर्चा चलिरहँदा भारत सरकारलेनै मधेस आन्दोलनको समर्थन देखिने गरि यो भिडियो प्रचारमा राखेको छ ।

एसियन न्यूज इन्टरनेशनल एनआइ लाई स्रोत मानेर राखिएको भिडियोमा मधेश आन्दोलनका फुटेज तथा सर्वसाधारणका प्रतिक्रिया राखिएको छ ।

भिडियोसँगै नेपालको मधेसमा नयाँ संविधानको विरोध भैरहेको र मधेसीले छुट्टै राज्य माग गरिरहेको लेखिएको छ ।

यता जानकारहरुले भारतको कदमलाई नेपाल सरकार गम्भिर रुपमा लिनुपर्ने बताएका छन् । परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदूत राजेश्वर आचार्यले एउटा देशको आन्तरिक समस्यालाई लिएर अर्को देशको सरकारले प्रचार गर्न नमिल्ने बताएको अनलाइन डबलीमा समाचार छ ।

‘कुनैपनि देशको आन्तरिक समस्यालाई अर्को देशको सरकारले नै प्रचार गर्नु आपत्तिजनक कुरा हो, आन्तरिक समस्या नभएको कुनै पनि देश छैन,’ आचार्यले अगाडि भने, ‘भारत सरकारले नेपालको आन्तरिक समस्यालाई आफ्नो आधारिक साइटमा राख्नु भनेको संयुक्त राष्ट्र संघको बडापत्रको विरुद्धमा जानु हो ।’

आचार्यले भारत पनि आन्तरिक समस्याबाट अछुत नभएको भन्दै त्यसको प्रचार अर्को देशले गरे हुन्छ रु भन्ने प्रश्न गरे ।

श्रीलंका, आफगानिस्तान, भारत लगायतका विश्वका धेरै देश आन्तरिक समस्यामा हुँदा पनि अर्को देशको सरकारले त्यसलाई बढवा दिने गरि प्रचार अहिलेसम्म नगरेको स्मरण गराउँदै आचार्यले भारतको विदेश मन्त्रालयले त्यस्तो सामाग्री राख्नु गम्भीर आपत्ति भएको बताए ।

अहिले यो भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा धेरैको प्रश्न छ ,भारत सरकारलेनै नेपालको आन्तरिक मामिला माथिको भिडियो प्रचार गर्दा नेपाल सरकारले केहि बोल्नु पर्दैन ? everestdainik

 

प्रतिक्रिया