एसएलसीको रिजल्ट टेलिकमले उपलब्ध गराउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७१, बुधबार १९:४१

काठमाडौँ ,२८ जेठ ।  नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीहरुलाई उपलब्ध गराउने भएको छ ।
NTCयसवर्षको एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने छ ।
जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
साथै, जिएसएम पोष्टपेड/प्रिपेड मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर पनि सेवाग्राहीहरुले नतिजा प्राप्त गर्न सक्नेछन् ।
मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट slc.ntc.net.np मार्फत प्राप्त गर्न सकिने टेलिकमले बताएको छ ।

प्रतिक्रिया