मुस्ताङमा आन्तरिक पर्यटक खचाखच

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार १४:१०

timthumbमुस्ताङ ।  विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ।

गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ। तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन्।

बिदाको याममा हवाई र स्थलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए। “जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ” उनले भने।

पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उनको भनाई छ। “नेपालीमा पनि घुम्न र रमाउने संस्कृतिको विकास हुँदै गएको छ” अध्यक्ष तुलाचनले भने। दसैँ र तिहारको याममा सरकारी कर्मचारी, विद्यार्थी, शिक्षकशिक्षिका र समूहमा घुम्न आउने आन्तरिक पर्यटक बढी देखिएका छन्।

मुक्तिनाथ मन्दिर, कागबेनी, अनौठो भू–बनोट, तिब्बती कला सँस्कृति र प्राकृतिक सुन्दरता नै जिल्लामा आकर्षणको केन्द्र विन्दु हुन् । पछिल्लो समय आन्तरिक पर्यटक साईकलमार्फत जिल्ला घुम्न आउने क्रम बढेको होटल व्यवसायी एकेन्द्र थकालीले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार, सन् २०१४ मा एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१