ह्वाट्सएपमा भएका महत्वपूर्ण र उपयोगी फिचरहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार ०६:१४

timthumbह्वाट्सएप प्रयोगकर्ताहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ। एन्ड्रोइड प्रयोगकर्ताका साथै यस एप्लिकेशनको प्रयोग आईओइस र विन्डोज प्रयोगकर्ताहरु पनि गरिरहेका छन्। धेरै मानिसहरु यस एप्लिकेशनलाई प्रयोग त गर्छन् तर यसको सेटिङ र यसको सुरक्षाबारे कुनैपनि जानकारी राख्दैनन्। हामी मध्ये धेरै कम मानिसहरुलाई मात्र ह्वाट्सएपका विभिन्न जानकारीका बारेमा थाहा होला। ह्वाट्सएपमा धेरै यस्ता विभिन्न सुविधा रहेका छन् जुन हाम्रो धेरै काम आउन सक्छन्।

म्यासेजको ब्याकअपः
ह्वाट्सएप प्रयोग गर्ने धेरै मानिसहरुलाई यो कुरा थाहा छैन होला की हरेक दिन बिहान ह्वाट्सएपले तपाईले गरेका च्याटको ब्याकअप लिने गर्छ। यदि कुनै पनि पुरानो म्यासेज डिलिट भएमा उक्त म्यासेजको सजिलै सँग ब्याकअप लिन सकिन्छ। यसका लागि सबभन्दा पहिले मोबाइलमा भएको ह्वाट्सएप अनइन्सटल गर्ने र पछि फेरि ह्वाट्स एपलाई इन्स्टल गर्ने। इन्स्टल गर्ने क्रममा पुरानो म्यासेजलाई री स्टोर गर्ने की नगर्ने भनेर देखाउँछ। यदि म्यासेज री स्टोर गर्न चाहनु हुन्छ भने यसमा क्लिक गर्ने र पुरानो म्यासेज आउनेछन्।

फर्म्याट गर्नु पूर्व ब्याकअपः
यदि तपाई आफ्नो फोन बदल्न चाहनु हुन्छ वा फर्म्याट गर्न चाहनु हुन्छ आफ्नो ह्वाट्सएपको म्यासेजलाई ब्याकअप बनाउन सकिन्छ। यसका लागि ह्वाट्सएपको सेटिङमा गएर च्याट सेटिङमा जाने। त्यसपछि च्याट ब्याकअपमा गएर ब्याकअप नाउमा क्लिक गर्ने। म्यासेज सेभ हुन्छ। यो तरिका आईआएस प्रयोगकर्ताहरुको लागि हो। एन्ड्रोइड प्रयोगकर्ताहरुले ह्वाट्सएपको सेटिङमा गएर च्याट सेटिङमा जाने। त्यसपछि ब्याकअप कनभर्सेसनमा क्लिक गर्ने। म्यासेज सेभ हुन्छ। यस तरिकाले ह्वाट्सएपको मिडिया फाइलहरु कपी हुने छैनन्। मिडिया फाइल कपी गर्नका लागि मेमोरी कार्डको ह्वाट्सएप फोल्डरमा गएर मिडियामा गएर मिडिया फाइललाई कपी गर्नुपर्ने हुन्छ।

ह्वाट्सएप म्यासेज लकः
ह्वाट्सएप म्यासेज लक गर्नको लागि एक थर्ड पार्टी एप डाउनलोड गर्नुपर्ने हुन्छ। ह्वाट्सएप लक नामको एपलाई गुगल प्लेबाट डाउनलोड गर्नुपर्ने हुन्छ। यस एपको एक भर्जन ब्ल्याकबेरी प्रयोगकर्ताहरुको लागि पनि उपलब्ध रहेको छ। लक फर ह्वाट्सएपलाई ब्ल्याकबेरी स्टोरमा सर्च गर्ने।

लास्ट सीन हाइडः
ह्वाट्सएपमा लास्ट सीनलाई हाइड गर्न सकिन्छ। यसो गर्दा कसैले पनि तपाईले कहिले लगइन गर्नु भयो कसैलाई थाहा हुने छैन। एन्ड्रोइड फोनमा यदि ह्वाट्सएप अपडेट गर्नु भएको छ भने नयाँ भर्जनमा फोटो देखि लिएर लास्ट सीन प्राइभेसी प्राप्त गर्न सकिन्छ। हाइड गर्नको लागि ह्वाट्सएपको सेटिङमा जाने। त्यसपछि एकाउन्टमा गएर प्राइभेसीमा जाने र लास्ट सीनमा क्लिक गर्ने। त्यसपछि विभिन्न विकल्पहरु आउनेछन्। आफूलाई चाहिने उपयुक्त विकल्प रोज्न सकिने छ। आईओएस प्रयोगकर्ताहरुले ह्वाट्एप सेटिङमा गएर च्याट सेटिङमा क्लिक गर्ने। त्यसपछि एडभान्सड्मा गएर लास्ट सीन टाइम स्ट्याम्पमा क्लिक गर्ने।

विन्डोज प्रयोगकर्ताहरुको लागि यो सुविधा उपलब्ध छैन तर पनि लास्टसीन हाइड गर्न सकिन्छ। यसका लागि फोनमा ह्वाट्सएप म्यासेज आएका बेला म्यासेज नखोलि इन्टरनेट बन्द गर्ने। बन्द गरिसकेपछि म्यासेज हेर्ने। यसो गर्दा लास्ट सीन टाइम स्ट्याम्प काउन्ट हुने छैन।

ह्वाट्सएपमा आफ्नो नम्बर बदल्नेः
ह्वाट्सएपमा आफ्नो पुरानो नम्बरलाई परिवर्तन गरेर नयाँ नम्बर राख्न सकिन्छ। यसका लगि ह्वाट्सएपको सेटिङमा गएर एकाउन्टमा जाने र चेन्ज नम्बरमा क्लिक गर्ने। त्यसपछि पहिला आफ्नो पुरानो नम्बर राख्ने र पछि नयाँ नम्बर राखेर सेभ गर्ने।

ह्वाट्सएप ह्याक हुन नदिन पब्लिक वाईफाईको प्रयोग नगर्ने। नचिनेको नम्बरलाई ब्लक गर्ने। आफ्नै वाईफाई प्रयोग गरेको खण्डमा पनि समय समयमा वाईफाईको पासवर्ड परिवर्तन गर्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१